कोरोना प्रभावः अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित « Khabarhub

कोरोना प्रभावः अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन् ।

जिल्ला अदालत, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालका सेवा स्थगित गरिएका छन् । चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा स्थगित गरेको हो ।

स्वास्थ्य केन्द्रले अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिए । उनले भने, “एन्टीजेन परीक्षण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत् चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, केन्द्रमै कार्यरत् स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सेवा बन्द गरेका हौँ ।”

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्रसुती सेवा र आकस्मिक बाहेकका अरु सेवा बन्द गरिएको केन्द्रले जनाएको छ । यस्तै कर्मचारीमा कोरोना देखिएपछि बैतडी जिल्ला अदालतका सेवा बन्द गरिएका छन् ।

अदालतले माघ १८ गते सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ । कोरोनाको जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अतिआवश्यक सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ ।

बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउ पूर्जी जारी गर्ने कार्य गरिनेछ भने अभियोग दर्ता, बयान र थुनछेक नियमित रुपमा सञ्चालन गरिनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता सम्बन्धि मुद्दा र मुद्दा फिर्ता, तामेली लगायतका कार्य पनि गरिने जनाइएको छ । सजाय निर्धारणका लागि पेशी तोकिएका मुद्दाको नियमित सुनुवाइ गरिनेछ ।

यी बाहेकका सेवा तत्कालका लागि बन्द गरिएको अदालतले जनाएको छ । यस्तै जिल्ला अस्पतालमा तत्कालका लागि दन्त सेवा बन्द भएको छ ।

दन्त सेवा विभागमा कार्यरत् चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना नभए सम्मका लागि सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख डा.चैतन्य जोशीले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : ३५ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा