अफगान महिला, बालिकाहरूको अधिकारमाथि आक्रमण : राष्ट्रसङ्घ « Khabarhub

अफगान महिला, बालिकाहरूको अधिकारमाथि आक्रमण : राष्ट्रसङ्घ


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – संयुक्त राष्ट्रको कार्यालयले ११ लाखभन्दा बढी अफगान महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताएको छ।

संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले बिहीबार अफगानिस्तानमा महिला र बालिकाहरूको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ।

ओसीएचएले अफगान बालिका तथा महिलाहरू आधारभूत अधिकारबाट वञ्चित रहेको बताएको छ। अफगानी महिला र बालिकाहरूको मौलिक अधिकारहरू आक्रमणमा परेको राष्ट्र सङ्घले जनाएको छ। अफगान महिला र बालिकाहरूलाई पहिलेभन्दा बढी संयुक्त राष्ट्रको समर्थन र एकताको आवश्यकता भएकोसमेत जनाइएको छ।

संयुक्त राष्ट्र सङ्घको कार्यालयका अनुसार मानवीय संस्थाहरूले महिला र बालिकाहरूलाई खाद्यान्न, स्वास्थ्य सेवा, शिक्षा, जीविकोपार्जनका अवसरहरू र सुरक्षा सेवाहरू उपलब्ध गराएर सहयोग बढाउने लक्ष्य राख्नुपर्नेसमेत जनाइएको छ।

ओसीएचएले अफगानिस्तानमा ११.८ मिलियन महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको बताएको छ। बुधबार राति काबुलमा महिला कार्यकर्ताहरूको भेला गर्दै प्रदर्शनको क्रममा मैनबत्ती बालेका थिए। महिलाहरूले उनीहरू रातभर जाग्राम बसे र स्वतन्त्रताको लागि मैनबत्ती बालेको जनाइएको छ।

इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने संयुक्त राष्ट्र सङ्घको टिप्पणीलाई निराधार भन्दै प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १२ : ११ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर