अफगान महिला, बालिकाहरूको अधिकारमाथि आक्रमण : राष्ट्रसङ्घ « Khabarhub

अफगान महिला, बालिकाहरूको अधिकारमाथि आक्रमण : राष्ट्रसङ्घ


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – संयुक्त राष्ट्रको कार्यालयले ११ लाखभन्दा बढी अफगान महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताएको छ।

संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले बिहीबार अफगानिस्तानमा महिला र बालिकाहरूको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ।

ओसीएचएले अफगान बालिका तथा महिलाहरू आधारभूत अधिकारबाट वञ्चित रहेको बताएको छ। अफगानी महिला र बालिकाहरूको मौलिक अधिकारहरू आक्रमणमा परेको राष्ट्र सङ्घले जनाएको छ। अफगान महिला र बालिकाहरूलाई पहिलेभन्दा बढी संयुक्त राष्ट्रको समर्थन र एकताको आवश्यकता भएकोसमेत जनाइएको छ।

संयुक्त राष्ट्र सङ्घको कार्यालयका अनुसार मानवीय संस्थाहरूले महिला र बालिकाहरूलाई खाद्यान्न, स्वास्थ्य सेवा, शिक्षा, जीविकोपार्जनका अवसरहरू र सुरक्षा सेवाहरू उपलब्ध गराएर सहयोग बढाउने लक्ष्य राख्नुपर्नेसमेत जनाइएको छ।

ओसीएचएले अफगानिस्तानमा ११.८ मिलियन महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको बताएको छ। बुधबार राति काबुलमा महिला कार्यकर्ताहरूको भेला गर्दै प्रदर्शनको क्रममा मैनबत्ती बालेका थिए। महिलाहरूले उनीहरू रातभर जाग्राम बसे र स्वतन्त्रताको लागि मैनबत्ती बालेको जनाइएको छ।

इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने संयुक्त राष्ट्र सङ्घको टिप्पणीलाई निराधार भन्दै प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १२ : ११ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व