जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त « Khabarhub

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला–जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका–५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए ।

‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन,’ उनले भने, ’यतिबेलाको समयमा स्याउको स्यार नगरे गुणस्तर फल दिँदैन । रोग समेत लाग्ने डर हुन्छ ।’

जसका कारण समयमै स्याउ काँटछाट गर्न लागेको उनको भनाइ छ । उनले आफ्नो बगैँचामा तीन हजार २०० स्याउका बिरुवा लगाएका छन् । यस पटक १० टन जति स्याउ उत्पादन भएको थियो ।

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैंचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्राविधिक कृष्ण कठायतले बताए । उनले भने, ‘जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन आवश्यक छ ।’

यति बेला बगैँचा व्यवस्थापन मात्र नभई स्याउका गुणस्तर बिरुवा किनेर बगैंचा लगाउने समय हो । बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् ।

खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरुवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेश अधिकारीले बताए । उनले भने , ‘एक एक मिटर लम्बाई, चौडाई र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने हुन्छ ।’

उनका अनुसार स्याउको बगैंचा व्यवस्थापन गर्ने समय भएकाले कृषि प्राविधिकहरू गाउँगाउँका गएका छन । नयाँ बिरुवाका लगाउने किसानका लागि गुणस्तरीय बिरुवाको पहल भइरहेको छ ।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि प्राविधिकहरूको भनाइ छ ।

त्यस्तै जुम्लामा यस वर्ष छ हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यस वर्ष एक प्रतिशत घटेको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष ६ हजार १६० मेट्रिक टन स्याउ जुम्लामा फलेको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १ : ०० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते