ताप्लेजुङमा सिटामोलको मौज्दात रित्तिदै « Khabarhub

ताप्लेजुङमा सिटामोलको मौज्दात रित्तिदै


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– विभिन्न जिल्लामा सिटामोल अभावको समाचार आइरहदा ताप्लेजुङमा पनि सिटामलको मौज्दात बारे अनुगमन गरिएको छ । अनुगमनका क्रममा यहाँका मेडिकल तथा अस्पतालहरूमा पनि सिटामोलको मौज्दात रित्तिन्दै गएको पाएको छ ।

अनुगमनका क्रममा अधिकांश मेडिकल पसलहरूमा सिटामोलको अभाव रहेको देखिएको छ । मंगलबार सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित आठ वटा औषधि पसल तथा मेटिकलहरूमा समितिले सिटामोलको मौज्दात बारे अनुगमन गरेको थियो ।

अधिकांश मेडिकल हलहरूमा शून्य, कुनैमा एक सयदेखि चार सय चक्कीसम्म सिटामोलको मौज्दात रहेको अनुगमन समितिका कार्यदल संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताए । खपत बढी हुने भएकाले मौज्दात सिटामले माग धान्न सक्ने अवस्था नरहेको समितिले जनाएको छ ।

ताप्लेजुङ जिल्ला अस्पतालमा भने दुई लाख ६ हजारभन्दा बढी सिटामोल चक्की मौज्दात रहेको जिल्ला अस्पाताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताइन ।अधिकांश सिटामल ६ महिनाको समयभित्र उपभोग गरिसक्नु पर्ने अवस्थाको रहेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालले जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरूमा समेत औषधि पठाउनु पर्ने भएकाले थप आपूर्ति नभए सिटामोल अभाव हुने अनुगमन समितिको निश्कर्ष छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १ : १५ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर