राष्ट्रिय टोलीमा नौ नयाँ अनुहार, दुई खेलका लागि दुई टिम « Khabarhub

राष्ट्रिय टोलीमा नौ नयाँ अनुहार, दुई खेलका लागि दुई टिम


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । मौरिसससँग हुने दुई खेलमा दुई टोली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएको छ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलमा लागि जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, शुभाष गुरुङ र देवेन्द्र तामाङलाई पुनरागमन गराउँदा नौ नयाँ अनुहारलाई मौका दिएका छन् ।

नयाँ खेलाडीमा गोलरक्षक टिकेन्द्र थापा, सत्रुघन चौधरी, मिडफिल्डर सुदिप गुरुङ, नवीन गुरुङ, आशिष राई, प्रशान्त अवस्ती, शुसिल राई र फरवार्ड आकाश बुढा मगर र कृतिश रत्न छुन्जु रहेका छन् ।

पहिलो खेल खेल्ने नेपाली टोली
गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, टिकेन्द्र सिंह थापा,
डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजबंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी,
मिडफिल्डरः सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डांगी, अन्जन बिष्ट, आशिष लामा,
स्ट्राइकरः दर्शक गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, जगजित श्रेष्ठ

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १ : ४५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट