सोनाम ल्होछार घरघरमा मनाइने « Khabarhub

सोनाम ल्होछार घरघरमा मनाइने


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणका कारण यस वर्ष ल्होछार घरमा नै बसेर मनाउन लागिएको हो ।

यही माघ १९ गते ल्होछार पर्व पर्दछ । नेपाल तामाङ धेदुङ्ग सङ्घ चितवनका अध्यक्ष गोपीराज घलानका अनुसार कोरोना करहका कारण स्थानीय प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी हुन रोक लगाएकाले यसवर्ष ल्होछार घरमा नै मनाउन लागिएको हो ।

कोरोनाका कारण औपचारिक कार्यक्रम नगरी मनाइने उहाँले बताउनुभयो । सामान्यतः गुम्बा, गुठीलगायतका क्षेत्रमा भेला भएर मनाउने गरिएकामा यस वर्ष राष्ट्रिय परिस्थितिका कारण समस्या आएको हो । उनले भने, ‘यही माघ १९ गते परेको ल्होछारमा आफन्तसँग भेटघाटसमेत हुनसक्ने अवस्था रहेन ।’ यस वर्षबाट गाई वर्गको अन्त्य भई बाघ वर्ग सुरु हुने उनले बताए ।

जिल्लाकै ठूलो छेच्यु थर्पलिङ गुम्बा भोजाडमा वर्षेनि सोनाम ल्होछार पर्व भव्यताका साथ मनाउने गरिएको थियो । अन्य गुम्बामा पनि यो पर्व मनाउने गरिन्छ । घलानले सबैलाई स्वास्थ्य मापदण्डको पालना गर्दै घरघरमा पर्व मनाउन आग्रह गरे ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : ०० बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण