जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, आठ गाडी तोडफोड, १९ राउण्ड अश्रुग्याँस प्रहार (भिडियोसहित) « Khabarhub

जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, आठ गाडी तोडफोड, १९ राउण्ड अश्रुग्याँस प्रहार (भिडियोसहित)


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

राष्ट्रियसभा चुनावअन्तर्गत मधेश प्रदेशको मतदानस्थल महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानभित्र जनमत पार्टीका कार्यकर्ताहरूले बाँसको भाटा लिएर छिर्न खोज्दा झडप भएको हो ।

सुरक्षाकर्मीले भीडलाई तितर बितर पार्न केही सेल अश्रुग्याँस प्रहार गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरूले राष्ट्रियसभाको चुनावमा मतदान गर्न विभिन्न जिल्लाबाट आएका प्रदेश सांसद्, मेयर र उपमेयरका गाडीहरूलाई ‘निशाना’ बनाएर तोडफोड गरेका छन् । उनीहरूले जनता समाजवादी पार्टीका सांसद्हरू अशोक यादव, मनिष सुमन, नेत्रविक्रम साह, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँलगायत सवार गाडी तोडफोड गरेका छन् ।

लाठीभाटासहित प्रदर्शन गरेका उनीहरूले जानकी मन्दिर, मुरली चौक, तिरहुतिया गाडीलगायत ठाउँमा गरी आठ वटा गाडी तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १९ राउण्ड अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले खबरहबलाई जानकारी दिएका छन् । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मल दिएपछि मात्र भोट खसाल्न पाइने भन्दै जनमत पार्टीले राष्ट्रियसभाको चुनावमा अवरोध पुर्‍याउन खोजेको हो । जनमत पार्टीले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको छ ।

https://www.facebook.com/watch/?v=252400183574528

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  २ : ०९ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै