माधव नेपाल भन्छन्–एकैसाथ तीन चरणको चुनाव गर्दा राम्रो (भिडियोसहित) | Khabarhub Khabarhub

माधव नेपाल भन्छन्–एकैसाथ तीन चरणको चुनाव गर्दा राम्रो (भिडियोसहित)


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकै पटकमा ३ वटै तहको निर्वाचन चुनाव गर्दा राम्रो हुने बताएका छन् । आज पार्टी कार्यालय शान्तिनगरमा आयोजित पार्टी प्रवेश समारोहपछि सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकैसाथ गर्दा खर्च कम लाग्ने बताए ।

उनले एउटा चुनाव गराउँदा ५ अर्ब रुपैयाँ खर्च हुने र यसअघिको चुनाव ५ चरणमा हुँदा झण्डै २५ अर्ब रुपैयाँ खर्च भएको भन्दै एकैसाथ चुनाव हुन सके ५–१० अर्बमा चुनावी खर्च पुग्ने बताए । उनले चुनावका बारे छलफल जारी रहेको बताए ।

अध्यक्ष नेपालले जारी राष्ट्रिय सभाको सबै सिट गठबन्धनले जितेर आगामी चुनावमा समेत तरंग पैदा गर्ने बताए । उनले केपी ओली अल्पमतमा परेपछि संसद भंग गरी प्रतिगामी कदम चालेको र अलोकतान्त्रिक प्रवृति हाबी रहेको आरोप लगाए । अध्यक्ष नेपालले ओली कम्युनिष्ट र लोकतान्त्रीक नरहेको भन्दै व्यक्ति पुजा गर्ने संस्कृति रहेको र एमालेनै गुटको हुन पुगेको आरोप लगाए ।

https://www.facebook.com/watch/?v=654432415752676

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : ३० बजे

भूमि विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

काठमाडौं – प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी

राईजी, अख्तियारबाट राजीनामा दिनोस्

काठमाडौं– वाइड बडी घोटालासम्बन्धी फैसलाको पूर्णपाठमा विशेष अदालतले अख्तियार दुरुपयोग

गोसाइँकुण्डमा पौडि खेल्ने क्रममा दुई जना बेपत्ता

रसुवा – गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको

सभामुख घिमिरे जेनेभा प्रस्थान

काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त