माधव नेपाल भन्छन्–एकैसाथ तीन चरणको चुनाव गर्दा राम्रो (भिडियोसहित) « Khabarhub

माधव नेपाल भन्छन्–एकैसाथ तीन चरणको चुनाव गर्दा राम्रो (भिडियोसहित)


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकै पटकमा ३ वटै तहको निर्वाचन चुनाव गर्दा राम्रो हुने बताएका छन् । आज पार्टी कार्यालय शान्तिनगरमा आयोजित पार्टी प्रवेश समारोहपछि सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकैसाथ गर्दा खर्च कम लाग्ने बताए ।

उनले एउटा चुनाव गराउँदा ५ अर्ब रुपैयाँ खर्च हुने र यसअघिको चुनाव ५ चरणमा हुँदा झण्डै २५ अर्ब रुपैयाँ खर्च भएको भन्दै एकैसाथ चुनाव हुन सके ५–१० अर्बमा चुनावी खर्च पुग्ने बताए । उनले चुनावका बारे छलफल जारी रहेको बताए ।

अध्यक्ष नेपालले जारी राष्ट्रिय सभाको सबै सिट गठबन्धनले जितेर आगामी चुनावमा समेत तरंग पैदा गर्ने बताए । उनले केपी ओली अल्पमतमा परेपछि संसद भंग गरी प्रतिगामी कदम चालेको र अलोकतान्त्रिक प्रवृति हाबी रहेको आरोप लगाए । अध्यक्ष नेपालले ओली कम्युनिष्ट र लोकतान्त्रीक नरहेको भन्दै व्यक्ति पुजा गर्ने संस्कृति रहेको र एमालेनै गुटको हुन पुगेको आरोप लगाए ।

https://www.facebook.com/watch/?v=654432415752676

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : ३० बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण