मेची भन्सारद्धारा आयल निगम र गोर्खा टी इस्टेट सम्मानित « Khabarhub

मेची भन्सारद्धारा आयल निगम र गोर्खा टी इस्टेट सम्मानित


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आज राजस्व संकलनमा सहयोग पुर्याउने संस्था र उत्कृष्ट पाँच कर्मचारीलाई सम्मान गरेको छ ।

सबैभन्दा बढी चिया निकासी गर्ने इलामको गोर्खा टि इस्टेट प्रालि र पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगमलाई राजस्व संकलनमा योगदान पुर्याएबापत सम्मान गरिएको छ ।

त्यसैगरी मेची भन्सार एजेन्ट संघमा नितम पौडेल, मेची भन्सार कार्यालयका लेखापाल लक्ष्मीबहादुर रामदान, नायव सुब्बा लक्ष्मीप्रसाद गुरागाईं, कम्प्युटर अपरेटर अरुणकुमार साह र कार्यालय सहयोगी जयबहादुर राई सम्मानित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले कदरपत्र र दोसल्लाले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा भन्सार विभागबाट सम्मानित कार्यालयका नायव सुब्बा प्रेम सुवाललाई समेत सम्मान गरिएको थियो ।

प्रदेश नं. १ सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भन्सार प्रमुख केशवप्रसाद ओलीले भन्सार गतिविधिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, झापा चेम्बर्स अफ कमर्सका कार्यबाहक अध्यक्ष ओम बिमली, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : २२ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव