एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने | Khabarhub Khabarhub

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ । नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा एनएसएलको पहिलो संस्करण जेठमा सम्पन्न भएको थियो ।

पोखरा र काठमाडौं गरी दुई सहरमा हुने प्रतियोगिता २८ चैतमा सुरु भई ७ जेठसम्म चल्ने छ भने तीन नयाँ टोली थपिने भएका छन् । यसअघि पहिलो संस्करणमा ७ टोलीको सहभागिता थियो ।

प्रतियोगिताको सुरुवात पोखरामा हुने र प्रतियोगिताको दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ । कोभिड १९ को अवस्थाअनुसार तय भएको योजनामा फेरबदल हुन सक्ने र खेल एउटै शहरमा आयोजना गर्न सकिने पनि आयोजकले बताएको छ ।

आगामी संस्करणबाट थपिने तीन टोलीका लागि फेब्रुअरीमा अक्सन गर्ने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसअघि पहिलो संस्करणमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौं रेजर्सले उपाधि जितेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ०० बजे

बडिमालिका धार्मिक आस्थाको केन्द्रबिन्दु : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बडिमालिका संरक्षण

धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष ढकाल नियुक्त 

काठमाडौं– नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष

एनपी साउदले भने- इन्टेलिजेन्स विधेयकले व्यक्तिको गोपनीयताको हक खण्डित गर्छ

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले तयार गरेको मस्यौदाअनुसार

नीताको ‘पार्वती’मा दीपाश्री अनुबन्ध

काठमाडौं – नायिका नीता ढुङ्गानको निर्देशनमा बन्ने भनिएको फिल्मको शीर्ष