सञ्चारमन्त्री कार्कीले भने, ‘संविधानले व्यवस्था गरेअनुसार नै तीन तहको निर्वाचन हुन्छ’ | Khabarhub Khabarhub

सञ्चारमन्त्री कार्कीले भने, ‘संविधानले व्यवस्था गरेअनुसार नै तीन तहको निर्वाचन हुन्छ’


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताएका छन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण राख्दै जनताको भावनाअनुसार निर्वाचन समयमा सम्पन्न हुने विश्वास दिलाए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, “हामी मुलुकको आन्तरिक एकतालाई मजबुद बनाएर अघि बढ्न चाहन्छौँ, प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि संसद् अवरुद्ध गरेको छ, यी सबै कुरा संसद्मै छलफल हुने जनतासँग सम्बन्धित विषय हुन् ।”

संसद्लाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभई प्रमुख प्रतिपक्षीको पनि भएको बताउँदै उनले एमाले लामो प्रजातान्त्रिक अभ्यासबाट आएको दल हुनाले यो मुद्दालाई राजनीतिको विषय वस्तु बनाएर जनतामा भ्रम सृजना नगर्न सुझाव दिए ।

मन्त्री कार्कीले भने, “निर्वाचन, आवधिक निर्वाचनको सिद्धान्त र महत्वप्रति सरकार पूर्णरुपले जानकार छ । वर्तमान सरकारले लोकतन्त्रका मूल्यमान्यता, मर्म र संविधानको भावनाअनुसार मुलुकलाई अगाडि बढाउँछ ।”

सिंहदरबारको अधिकार र सिंहदरवारले प्रदान गर्ने सेवा सुविधा स्थानीय तहमै पुर्याउने परिकल्पना संविधानले गरेको बताउँदै मन्त्री कार्कीले भने, “त्यो अधिकार र सेवालाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार प्रतिबद्ध छ ।”

उनले सरकारले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनको व्यवस्था गर्ने र निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे । संविधान र कानुनमा रहेका अन्तरद्वन्द्वले केही द्धिवीधा ल्याएकाले प्रधानमन्त्रीको उपस्थितिमा बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कानुनविद्सँग पनि परामर्श भएको मन्त्री कार्कीले बताए ।

उनले संविधान र कानुन बाझिएको हदसम्म संविधानले नै मान्यता प्राप्त गर्ने स्थापित मान्यता भएकाले ऐनलाई संविधानसम्मत मिलाएर जानुपर्छ भन्ने भएतापनि यस विषयमा छलफल चलिरहेको जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ५४ बजे

काभ्रेमा एमालेको ‘जरा अभियान’

काभ्रेपलाञ्चोक – नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आजदेखि

कञ्चनपुरमा पाटेबाघ मृत फेला

कञ्चनपुर – बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज

बलिउडमा किन हुँदैछ ६९ वर्षीय उदितनारायणको ‘चुम्बन चर्चा’ ?

काठमाडौं – भारतीय गायक उदित नारायण झा विवादमा परेका छन्

केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए : मुख्यमन्त्री सिंह

महेन्द्रनगर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही सहकारी संस्थाका गलत क्रियाकलापका

टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई

कास्की– विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर