झण्डीडाँडाबाट सफल भयो प्याराग्लाइडिङको परीक्षण उडान « Khabarhub

झण्डीडाँडाबाट सफल भयो प्याराग्लाइडिङको परीक्षण उडान


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– पर्यटकीयस्थल पदमार्गबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।

इलामको रोङ गाउँपालिका– ६ स्थित करसोङ पदमार्गबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल .भएको हो । सो पर्यटकीयस्थलमा परीक्षण उडान सफल भएपछि स्थानीय तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

तराईसँग नजिकै रहेको करसोङ पदमार्गमा प्याराग्लाइडिङको आनन्द लिन पाउने भएपछि विशेष गरी वडामा पर्यटक भित्रिने भन्दै यसले थप हौसला थपेको रोङ–६ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणिकुमार स्याङ्बोले बताए ।

उनले पदमार्गमा पर्यटकको संख्या वृद्धि हुन सुरु हुँदै नयाँ आनन्द लिन पर्यटकले पाउने भएपछि उत्साह थपिएको बताए । झापाको तिरिङ– इलामको पाटापुर– लाङ्केप–सलकपुर– झण्डि–हुँदै हाँस पोखरी हर्कटेबाट इलामको अर्को पर्यटकीय स्थान कन्याम जोड्ने पदमार्ग क्षेत्रमा प्याराग्लाइडिङ उडान परीक्षण सफल भएको बताइएको छ ।

पर्यटकीय क्षेत्र झण्डिडाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण गरिएको थियो । रोङ–६ को झण्डिडाँडाबाट बालविकास आधारभूत विद्यालय झापाको मेचीनगर– १ सम्म प्याराग्लाइडिङ परीक्षण उडान गरिएकोमा सफल भएको वडाध्यक्ष स्याङ्बोले बताए ।

यस उडानले झापालगायतका बासिन्दालाई नजिकैबाट नै यसको आनन्द लिन मिल्ने भएपछि खुशी थपिएको बताइएको छ । परीक्षण उडानपछि अब व्यावसायिक उडान गरिने छ ।

यसका लागि गाउँपालिकाले समेत पहल सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानबाट समेत यसअघि परीक्षण उडान सम्पन्न भएका छन् । व्यावसायिक उडान भने खासै हुन सकेको छैन ।

यसै वर्षदेखि कन्यामबाट यसको सुरुआत भने भएको छ । साथै, झण्डीडाँडाबाट यसको परीक्षण उडानपछि व्यावसायिक उडान सुरु हुने जिल्लावासीले आशा गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : २३ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै