लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व संकलन « Khabarhub

लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व संकलन


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु. एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व संकलन गरेको छ ।

यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी दिव्यरञ्जन दाहालले जानकारी दिए ।

कार्यालयले गत साउन महिनामा सबैभन्दा बढी १२१ प्रतिशत र गत पुसमा सबैभन्दा कम ६६ प्रतिशत लक्ष्यको तुलनामा बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयका राजस्व शाखाका नायब सुब्बा शशि विश्वकर्माले बताए ।

कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्मको प्रत्येक महिनामा लक्ष्यभन्दा बढी नै राजस्व संकलन गर्दै आएको बताउँदै उनले समग्रमा लक्ष्यको तुलनामा ९१ दशमलव ९० प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : ५४ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।