भारतको ७३ औँ गणतन्त्र दिवसको अवसरमा भूपू सैनिकका लागि धरानमा शिविर « Khabarhub

भारतको ७३ औँ गणतन्त्र दिवसको अवसरमा भूपू सैनिकका लागि धरानमा शिविर


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गतको कार्यक्रमको रुपमा धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि धरानमा Mobility Aid Distribution Camp को आयोजना गरेको छ ।

यो शिविर भारतीय सेनाका भूपू सैनिकहरुको कल्याण हेतु रक्षा प्रभागले चालेका थुप्रै प्रयासहरुमध्येकै एक हो ।

यस शिविरमा ३२ जना दिव्यङ्गजन भूपू तथा वहाँहरुका परिवारका सदस्यहरुलाई ह्वीलचेयर तथा वैसाखी प्रदान गरिएको थियो । उमेर सम्बन्धी अशक्तता/दुर्बलता र अन्य स्वास्थ्य समस्याबाट पीडित भूपू सैनिक तथा वहाँका परिवारका सदस्यहरुलाई पेन्सन डक्युमेन्टेसन क्याम्प तथा र्‍यालीमार्फत पहिचान गरिएको थियो ।

धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक्स विभागले स्वास्थ्य परीक्षणमा सहयोग गरेको थियो । यस किसिमको मोबिलिटी एडले पीडितहरुको शारीरिक क्रियाकलापमा सघाउदै वहाँहरुलाई समाजसँग जोड्न मद्दत गर्नेछ ।

महामारीको समयमा आफ्ना भूपू सैनिक तथा समाजको हित हुने काम गर्न तथा वहाँहरुको समस्या निराकरण गर्न रक्षा प्रभागले विविध उपायहरु अपनाइरहेको छ । समयमै पेन्सनको भुक्तानी, भर्चुअल आइडेन्टिफिकेसन, डिजिटलाइजेसन, रक्तदान शिविर, रासन वितरण, मास्क तथा स्यानिटाइजरको वितरण, स्थानीय प्रशासनलाई सहयोग, ह्वीलचेयरको वितरण, धेरै भन्दा धेरै क्षेत्रहरु समेट्न नयाँ डक्युमेन्टेसन र्‍याली जस्ता विभिन्न कार्यहरु प्रभागले गर्दै आएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : ३० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते