सवारी दुर्घटनामा परेका भेरीगंगा-१ का वडा अध्यक्ष कार्कीको निधन  « Khabarhub

सवारी दुर्घटनामा परेका भेरीगंगा-१ का वडा अध्यक्ष कार्कीको निधन 


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुर्खेतको भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ ।

सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राति साढे १० बजे काठमाडौँको न्युरो अस्पतालमा निधन भएको हो ।

फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिदाँ वडा अध्यक्ष कार्कीसहित स्थानीय भुपेन्द्र शाही घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेको कार्कीको कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

कार्की माओवादी केन्द्रबाट २०७४ सालमा वडा अध्यक्षमा विजयी भएका थिए । उनी भेरीगंगा नगरपालिकाका पार्टी सचिवसमेत रहेको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : ५६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र