लीलामणिलाई बाबुरामको प्रश्न : आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ? « Khabarhub

लीलामणिलाई बाबुरामको प्रश्न : आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ?


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमुख्यसचिव लीलामाणि पौडेलले एमसीसीमाथिको भ्रममा घिउ थप्ने काम गरेको आरोप लगाएका छन्।

चीनका लागि पूर्वराजदूतसमेत रहेका पौडेलले एमसीसी राष्ट्रघाति भएको भन्दै दिएको अभिव्यक्तप्रति उनले प्रश्न गरेका हुन्।

पौडेलले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अब अर्थ सचिवको सरुवासमेत एमसीसीले गर्ने भन्दै गरेको टिप्पणीप्रति बाबुरामले आक्रेश व्यक्त गरेका हुन्।

एमसीसीले यसको पक्षमा वकालत गर्नेलाई पैसा बाँडेको टिप्पणीसमेत उनले गरेका छन्। पछिल्लो समय माओवादी केन्द्रमा आवद्ध भएका पौडेललाई गम्भीर बनेर धारणा राख्न बाबुरामले सुझाव दिएका छन्।

‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ?’, पौडेलमाथि प्रश्न गर्दै बाबुरामले लेखेका छन्, ‘एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरूबीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्द्वको भूमरीलाई मलजल गर्ने ? सबै गम्भीर बनौं।’

बाबुरामले ट्वीट गर्दै एमसीसीका कारण आम नागरिक र राजनीतिक दल विभाजित हुँदा सबै गम्भीर बन्नुपर्नेमा जोड दिएका हुन्। उनले जनता विभाजित गर्ने अभिव्यक्ति नदिन सुझावसमेत दिएका हुन्।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : १८ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा