सहिदको योगदानलाई भुल्न हुँदैन : वरिष्ठ नेता पौडेल « Khabarhub

सहिदको योगदानलाई भुल्न हुँदैन : वरिष्ठ नेता पौडेल


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु-याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताएका हुन् ।

स्व विक्रम परियारको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिँदै नेता पौडेलले भने, “सहिदको परिवारलाई कांग्रेसले सधैं सम्मान गर्छ ।”

फरक प्रसङ्गमा विगतमा सबै कम्युनिष्ट नेता एमसिसीका पक्षमा भए पनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाउँदै उनले एमसिसी नेपालको हितमा रहेको र विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको बताए ।

सोही दलका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीले सहिदको उचित सम्मान गर्न नसकेको बताए। उनले कांग्रेसलाई सङ्गठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव कांग्रेसले जित्ने बताए । केन्द्रीय सदस्य गोविन्द भट्टराईले सहिद विक्रम परियारको परिवारलाई उचित व्यवस्थाका लागि पार्टीले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सहिद विक्रम परियारको शालिक र पार्क निर्माणका लागि नगरपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराइएको बताए । कांग्रेस जिल्ला सभापति जीतप्रकाश आलेले लोकतान्त्रिक आन्दोलनमा ज्यान गुमाएका सहिदलाई पार्टीले सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्व विक्रम परियार शालिक तथा पार्क निर्माण समितिले रु ११ लाखको लागतमा परियारको अर्धकदको शालिक निर्माण गर्न लगाएको थियो । व्यास नगरपालिका–१२ का वीर उपरकोटीले सहिद परियारको शालिक निर्माण गरेका थिए । पार्कलाई थप व्यवस्थित गर्न बाँकी रहेको समितिका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिए ।

गायन क्षेत्रमा सक्रिय परियारको विसं २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मतदान सकिएपछि केही युवाले हत्या गरेका थिए । परियारको जन्म विसं २०३१ जेठ ११ गते बन्दीपुरको हुस्लाङमा भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १२ : ५६ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक