दुवै आँखा नदेख्ने सुनिता, जसले घर सम्हाल्छिन् « Khabarhub

दुवै आँखा नदेख्ने सुनिता, जसले घर सम्हाल्छिन्


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- राजविराज नगरपालिका–१ की २४ वर्षीया सुनिताकुमारी रजक दुवै आँखा देख्दिनन् । उनमा यो समस्या जन्मैदेखिको हो । तर, समस्या छ भनेर उनी चुप लागेर भने बस्दिनन् । घरबाहिर धेरै हिंडडुल नगर्ने सुनिताकुमारी घरभित्रका काम भने सबै गर्छिन ।

उनका भाईबहिनी विद्यालय जान्छ । बाबू ठेला चलाउने र आमा अर्काको घरमा गएर काम गर्छिन । घरमा कोही नभएपछि घरभित्रका सबै कामको जिम्मेवारी सुनितामै आउँछ । तर उनले यो कामलाई कहिल्यै रोकिनन् । बिहान उठेर घर बढार्ने, भाँडा मस्काउने, गाईवस्तुलाई चारो हाल्ने, खाना पकाउने सबै काम उनी कसैको सहयोगविनै पटापट गर्छिन ।

उनी भन्छिन्, ‘म आँखा देख्दिन, अडकलको भरमा सबै काम गर्छु ।’

उनकी आमा दुर्गा देवी रजकका अनुसार जेठी सन्तान सुनिताकुमारी जन्मैदेखि दुवै आँखा देख्दिनन् । आँखा नदेखे पनि काम नगरी कहिल्यै बस्दिन । अरु छोराछोरीले नगर्ने काम पनि उनी एक्लैले गर्ने गरेको उनको भनाइ छ ।

उनले भनिन्, ‘आँखा नदेख्ने भए पनि घरमा उ भएपछि मलाई ढुक्क हुन्छ । हामी बुढाबुढी दुवैजना घरबाहिर काम गर्न जान पाएका छौं ।’
सुनिताको विवाह पनि भएको थियो । बोल्न नसक्ने एउटा केटासँग विवाह भए पनि उसले छोडेर अर्काे विवाह गरे । त्यसपछि सुनिता माइतीमा आएकी हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  २ : ५१ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक