कारबाहीमा परेका १४ सांसदलाई नहटाएसम्म सदन चल्न दिँदैनौँः बादल « Khabarhub

कारबाहीमा परेका १४ सांसदलाई नहटाएसम्म सदन चल्न दिँदैनौँः बादल


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीले कारबाही गरेको १४ सांसदलाई हटाएको सूचना टाँस नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।

शनिबार नेकपा एमाले सुर्खेतले गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष थापाले यस्तो बताएका हुन् ।

देश र जनताका लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्काेतर्फ ध्रुवीकृत भएको पनि उपाध्यक्ष थापाले दावी गरे ।

एमालेलाई विगतको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै निरन्तरताको पार्टी बुझ्नुपर्ने उनको भनाइ छ ।

केन्द्रीय स्कूल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आउँदो निर्वाचनलाई लक्षित गरी आयोजित प्रशिक्षणमा दुई सय १५ जनाभन्दा बढीको सहभागिता छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ३ : ३० बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण