नेपाल इन्भेष्टमेण्ट बैंकको ३६ औं वार्षिकोत्सव « Khabarhub

नेपाल इन्भेष्टमेण्ट बैंकको ३६ औं वार्षिकोत्सव


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ बर्ष पुरा गरेको छ । बैंकले सातै प्रदेशमा ८८ शाखा, ३१ विस्तारित-राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

पाँच पटकसम्म Bank of the Year tyf Euro Money Award बाट सम्मानित भई ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकवर्गहरुमा उत्कृष्ट सेवा पस्कँदै आफ्नो दरिलो पहिचान बनाउन बैंक सक्षम रहेको छ ।

वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान, वृद्धाश्रम-बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक “बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा”को विमोचन कार्यक्रमहरु बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले सञ्चालन गरेका छन् । यसका साथै ग्राहकवर्गसँगको अटुट सम्बन्ध कायमै रहने अपेक्षासहित बैंकले “निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता” समेत सञ्चालनमा ल्याएको छ ।

उक्त अवसरमा आफ्ना अनमोल मार्गदर्शन र निर्देशन प्रदान गर्नुहुने नियामक निकाय, वर्तमान तथा पूर्व सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु तथा शेयरधनी महानुभावहरु र अटल विश्वास गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दै सदैव सेवाको अवसर प्राप्त हुनेमा बैंक विश्वस्त रहेकाे जनाएकाे छ ।

बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै समय सापेक्ष एवं गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : ०० बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास