कथासार प्रस्ट्याउने ‘चिसो मान्छे’ टिजर (भिडियो) « Khabarhub

कथासार प्रस्ट्याउने ‘चिसो मान्छे’ टिजर (भिडियो)


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्मको कथा र चरित्रलाई दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यका साथ फिल्म ‘चिसो मान्छे’ को टिजर सार्वजनिक गरिएको छ ।

असार ३ मा प्रदर्शन हुने फिल्मको सार्वजनिक टिजरमा समेटिएको दृश्यले गाउँ, पात्र र त्यहाँको परिवेशलाई समेट्न खोजेको छ ।

स्टारभन्दा पनि कथा र त्यसको पात्रलाई ध्यान दिने निर्देशक दीपेन्द्र के खनालले यसमा प्रयोग गरेको संवादले पात्रहरू कर्णालीको कुनै भेगलाई प्रतिनिधित्व गर्ने बुझ्न सकिन्छ ।

टिजरमा फिल्मका मुख्य पात्रहरू अर्पण थापा, स्वस्तिमा खड्का र देशभक्त खनाललाई देखाइएको छ । टिजरमा समेटिएको एक ट्रकमा राखिएको लासलाई फोकस गर्छ र त्यो ड्रोनसटसँगै टाढा–टाढा हुँदै जान्छ । यसले फिल्मको कथासारलाई प्रस्ट्याउने प्रयास गरेको छ ।

फिल्ममा निर्देशनसँगै छायाँकार र लेखकको डिपार्ट पनि दीपेन्द्रले नै सम्हालेका छन् ।

फिल्मले लास लिएर यात्रामा निस्कने तीन चरित्रको कथा प्रस्तुत गर्छ । ‘बुलबुल’ पछि स्वस्तिमाको यो फिल्मलाई लिएर दर्शक निकै आशावादी छन् । कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

फिल्मलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् । फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : २४ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती