कथासार प्रस्ट्याउने ‘चिसो मान्छे’ टिजर (भिडियो) « Khabarhub

कथासार प्रस्ट्याउने ‘चिसो मान्छे’ टिजर (भिडियो)


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्मको कथा र चरित्रलाई दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यका साथ फिल्म ‘चिसो मान्छे’ को टिजर सार्वजनिक गरिएको छ ।

असार ३ मा प्रदर्शन हुने फिल्मको सार्वजनिक टिजरमा समेटिएको दृश्यले गाउँ, पात्र र त्यहाँको परिवेशलाई समेट्न खोजेको छ ।

स्टारभन्दा पनि कथा र त्यसको पात्रलाई ध्यान दिने निर्देशक दीपेन्द्र के खनालले यसमा प्रयोग गरेको संवादले पात्रहरू कर्णालीको कुनै भेगलाई प्रतिनिधित्व गर्ने बुझ्न सकिन्छ ।

टिजरमा फिल्मका मुख्य पात्रहरू अर्पण थापा, स्वस्तिमा खड्का र देशभक्त खनाललाई देखाइएको छ । टिजरमा समेटिएको एक ट्रकमा राखिएको लासलाई फोकस गर्छ र त्यो ड्रोनसटसँगै टाढा–टाढा हुँदै जान्छ । यसले फिल्मको कथासारलाई प्रस्ट्याउने प्रयास गरेको छ ।

फिल्ममा निर्देशनसँगै छायाँकार र लेखकको डिपार्ट पनि दीपेन्द्रले नै सम्हालेका छन् ।

फिल्मले लास लिएर यात्रामा निस्कने तीन चरित्रको कथा प्रस्तुत गर्छ । ‘बुलबुल’ पछि स्वस्तिमाको यो फिल्मलाई लिएर दर्शक निकै आशावादी छन् । कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

फिल्मलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् । फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : २४ बजे

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार

आज गीता जयन्ती मनाइँदै

काठमाडौं– वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण