विश्वमा इतिहासमा आज : रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच ऐतिहासिक सन्धि « Khabarhub

विश्वमा इतिहासमा आज : रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच ऐतिहासिक सन्धि


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २६ मार्च । प्रस्तुत छ विश्व इतिहासमा २६ मार्चका दिन भएका केही महत्त्वपूर्ण घटना ।

रुसमा पुटिन राष्ट्रपति

सन् २००० मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा निर्वाचित भए। भूतपूर्व केजीबी अधिकारी पुटिनले रुसलाई १९९० को आर्थिक संकटबाट मुक्त गरेकोमा सुरुवाती समयमा उनको प्रशंसा गरिएको थियो । रुसमा लामो समयदेखि एकछत्र शासन कायम गरेका पुटिनको पछिल्लो समयमा युक्रेनमाथि हमला गर्ने निर्णयका कारण अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरिरहेको छ । रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि हमला गरिरहेको छ ।

मर्कोसर समूह स्थापना

सन् १९९१ मा चार ओटा दक्षिण अमेरिकी देशहरुले मर्कोसर समूह स्थापना गरेका थिए । अर्जेन्टिना, ब्राजिल, उरुग्वे र पारग्वे समूहका संस्थापक सदस्य हुन् । साझा बजार प्रवर्द्धन गर्ने उद्देश्यले समूह स्थापना गरिएको हो ।

इजरायल र इजिप्टबीच ऐतिहासिक सन्धि

सन् १९७९ मा इजरायल र इजिप्टबीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । इजिप्टका राष्ट्रपति अजवर अल सदात र इजरायलका प्रधानमन्त्री मेनाचेम बिगिनले सो सन्धिमा हस्ताक्षर गरेका थिए । सम्झौतासँगै दुई देशबीचको ३० वर्ष लामो युद्ध समाप्त भयो ।

जैविक हतियार सन्धि

सन् १९७५ मा जैविक हतियार सन्धि कार्यान्वयनमा आएका थियो । सन्धिले जैविक र विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाएको छ ।  यसलाई अहिले विश्वका अधिकांश देशहरूले अनुमोदन गरिसकेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : २३ बजे

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।