बेलायतले युक्रेनलाई थप २० लाख पाउण्ड सहयोग गर्ने « Khabarhub

बेलायतले युक्रेनलाई थप २० लाख पाउण्ड सहयोग गर्ने


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतले युक्रेनलाई खाद्यान्न आपूर्तिका लागि थप २० लाख पाउण्ड सहयोग गर्ने भएको छ । बेलायतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक खाद्यान्नका लागि २० लाख पाउण्ड सहयोग गर्न लागेको जानकारी दिएको हो ।

बेलायतले रुसी सेनाको घेराबन्दीमा परेका युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्ति गर्न २० लाख उपलब्ध गराउने तयारी गरेको बेलायती विदेशमन्त्री लिज ट्रसले बताइन् ।

मन्त्रालयका अनुसार हाल युक्रेनमा १ करोड २० लाख भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ । यद्यपि मानवीय सहायताको खाँचो भएका मानिसहरूको वास्तविक संख्या अझ बढी हुन सक्ने बताइएको छ ।

‘अर्को हप्ताको शुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न पोल्याण्ड र स्लोभाकियाका भण्डारण केन्द्रहरू तयारी अवस्थामा छन् । त्यसपछि लगभग २५ ट्रक लोड माल सडक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ ।’ विज्ञप्तिमा जनाइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता त्यहाँ अत्यन्त खराब मानवीय संकट उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जारी रुसी आक्रमणले एक महिना नाघ्दै गर्दा दशौं लाख मानिसहरू शरणार्थी बन्न बाध्य भएका छन् भने अरु कैयौँ आन्तरिक रुपमा विस्थापित भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : १० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र