नेपाल-चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक सुरु हुँदै, सम्झदारी पत्रमा हस्ताक्षर हुने « Khabarhub

नेपाल-चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक सुरु हुँदै, सम्झदारी पत्रमा हस्ताक्षर हुने


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज दिउँसो साढे तीन बजे बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नेछन् ।

बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

बैठक सकिएपछि चिनियाँ विदेशमन्त्रीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : १२ बजे

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना

ठूलो परिमाणको लागूऔषधसहित काठमाडौँबाट तीनजना पक्राउ

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित तीन

रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई