ओलीले भने– एमालेको पाखुरा देखेर देउवा डराए | Khabarhub Khabarhub

ओलीले भने– एमालेको पाखुरा देखेर देउवा डराए


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेकपा एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन् ।

काठमाडौँ शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनमा अध्यक्ष ओलीले विराेधी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिँदै प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताएका हुन् ।

उनले यी दलहरूले एमालेसँग प्रतिस्पर्धा गर्नै नसक्ने पनि दाबी गरे ।

उनले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताए । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे ।

‘उनी (दल) हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायाैँ भन्ने होला । नेपालमा किन रेल कुदायाैँ भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’

उनले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए । देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ ।

उनले सबै दल एकतिर लागे पनि एमालेलाई जित्न नसक्ने दाबी गरे । ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको पनि बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  २ : २८ बजे

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको