सर्लाहीमा झडप, प्रतिनिधिसभाका सांसद् साह घाइते « Khabarhub

सर्लाहीमा झडप, प्रतिनिधिसभाका सांसद् साह घाइते


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको ईश्वरपुरमा भएको झडपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा सांसद् प्रमोद साह घाइते भएका छन् ।

शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर ६ मा सडक विस्तारको विषयलाई विवाद उत्पन्न हुँदा झडप भएको हो । टाउकोमा चोट लागेको सांसद् साहको प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

केही दिनअघि सडक विस्तारका क्रममा फुलजोर युवा क्लबको भवन भत्काइएको थियो । क्लबले भवन त्यही बनाउनुपर्ने माग गरेको थियो भने सांसद् साहले अर्को ठाउँमा भवन बनाउनुपर्ने अडान लिएपछि झडपको स्थिति उत्पन्न भएको हो ।

यसैबीच, जसपाले विज्ञप्ति जारी घटनाप्रति आपत्ति जनाएको छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताले सांसद्माथि सांघातिक हमला गरी घाइते बनाएको आरोप जसपाले लगाएको छ ।

साहमाथि सुनियोजित ढंगबाट आक्रमण गरी दर्जनौँ कार्यकर्ता घाइते हुने गरी घटना गराइएको भन्दै उसले भर्त्सना गरेको छ ।

साथै, यस्ता घृणित र आपराधिक कृयाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं नेकपा एमाले हुने विज्ञप्तिमा भनिएको छ । जसपाले दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न सरकारसँग मागसमेत गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : ०४ बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका