मन्त्री पौडेलद्वारा ढोरपाटन–साल्झन्डी सडकको अनुगमन « Khabarhub

मन्त्री पौडेलद्वारा ढोरपाटन–साल्झन्डी सडकको अनुगमन


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् ।

शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी रगादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

‘सडकको काम कुनै हालतमा नरोकियोस्,’ मन्त्री पौडेलले भने, ‘प्रभावित स्थानीयलाई मुआब्जा दिए सहमतिमै काम अघि बढानुहोला ।’

मन्त्री पौडेलले कुनै समस्या भए समाधान गर्न आफू तयार भएको भन्दै ढोरपाटन साल्झन्डी सडकको काम तीव्र रूपमा अघि बढाउन निर्देशन दिए ।

यस वर्ष ढोरपाटन साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रुकम विनियोजन गरी श्रेष्ठ गलवा क्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ ।

यस्तै, गादी खोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिच्छाउने काम भइरहेको लामा कन्स्ट्रक्सन प्रालिका सञ्चालक सोमनाथ थकालीले जानकारी दिए ।

‘हामीले काम तीव्र रूपमा गरिरहेका छौँ,’ सोमनाथ थकालीले भन्नुभयो, ‘असार मसान्तसम्म ५ किलोमिटर सडक पक्की गरिसक्छौँ, असोजसम्म १० किलोमिटर सडकको काम सकेर हस्तान्तरण गछौँ ।’ १० किलोमिटर सडक कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारले ४० करोड रकम विनियोजन गरेको छ । सोही सडकको जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले लिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : १५ बजे

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि अशान्त रहेको