‘केही घण्टामै युक्रेनलाई हराउछौँ’ भन्ने रुसी लेफ्टिनेन्ट जर्नेल मारिए « Khabarhub

‘केही घण्टामै युक्रेनलाई हराउछौँ’ भन्ने रुसी लेफ्टिनेन्ट जर्नेल मारिए


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा अर्का वरिष्ठ सैनिक अधिकारी मारिएका छन् । युक्रेनको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार दक्षिणी शहर खेर्सनमा रुसी सेनाका वरिष्ठ सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल याकोभ रेजान्त्सेभ मारिएका हुन् ।

उनी रुसको ४९ औं कम्बाइण्ड आर्मीका कमाण्डर रहेको जनाइएको छ । रुसी सैनिक बीचको गोप्य कुराकानी सुनेको दाबी गर्दै युक्रेनी रक्षा मन्त्रालयले उनले रुसी आक्रमण शुरु भएको चौथो दिन युक्रेनलाई केही घण्टाको अवधिमै पराजित गर्ने दृढता व्यक्त गरेको जनाएको छ ।

यसअघि युक्रेनी मिडियाहरुले उनी खेर्सन शहरको चोर्नोबयिभ्का हवाई क्षेत्रमा मारिएको दाबी गरेका थिए । युक्रेनी रक्षा मन्त्रालयले उनी आधारित रुसी सैन्य शिविरमा व्यापक हमला गर्दा उनको मृत्यु भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनमा जारी आक्रमणमा मारिने उनी सातौँ वरिष्ठ सैनिक अधिकारी र दोश्रो लेफ्टिनेन्ट जनरल हुन् । यसअघि सोही क्षेत्रमा अर्का रुसी लेफ्टिनेन्ट जनरल आन्द्रेई मोर्दभिचेभ मारिएका थिए ।

तेज युक्रेनी प्रतिरोधका कारण हाल रुसी सैनिक अधिकारीको मनोबल गिर्दो अवस्थामा रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : ३४ बजे

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा