सिन्जियाङमा उइग्युर बालबालिकालाई चिनियाँ प्रोपागाण्डा घोकाइने गरेको खुलासा « Khabarhub

सिन्जियाङमा उइग्युर बालबालिकालाई चिनियाँ प्रोपागाण्डा घोकाइने गरेको खुलासा


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अल्पसङ्ख्यक उइग्युर मुसलमानको बसोबास रहेको चीनको पश्चिमी स्वशासित क्षेत्र सिन्जियाङमा केटाकेटीलाई चिनियाँ भाषामा प्रोपागाण्डा घोकाउने गरेको खुलासा भएको छ ।

केही दिनअघि एक उइग्युर ट्विटर अकाउन्टले सार्वजनिक गरेको भिडियोमा केटाकेटीलाई चिनियाँ भाषामा चिनियाँ प्रोपागाण्डा घोकाइरहेको देखिएको हो ।

उक्त भिडियोमा बालबालिकाहरु चिनियाँ भाषामा ‘ताइवान चीनको अभिन्न अङ्ग हो’, ‘सिन्जियाङ चीनको अभिन्न अङ्ग हो’, ‘हामीले कमरेड माओले भनेजस्तै हरेक दिन अध्ययन गरौं र अघि बढौं भन्ने भावना मनमा लिनुपर्छ’ जस्ता नारा घोकाइएको देखिन्छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार तीमध्ये केही बालबालिकाको उमेर ६ वर्षको मात्रै रहेको बताइएको छ ।

आलोचकहरुले भने यसले चीनले सिन्जियाङ क्षेत्रमा अल्पसङ्ख्यक उइग्युर पहिचान मासेर चिनियाँ पहिचान जबरजस्ती लाद्न खाजेको अर्थमा विश्लेषण गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : १८ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको