चितवनमा कृषि कर्जा मेला सुरु « Khabarhub

चितवनमा कृषि कर्जा मेला सुरु


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनमा कृषि कर्जा मेला सुरु भएको छ । चितवनको भतरपुरस्थित एक्स्पो सेन्टरमा मेला सुरु भएको हो । 

आइतबार सुरु भएको मेलामा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । 

‘नबिल बैंकले दिगो बैंकिङ अगाडि बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ,’ उनले भने, ‘हाम्रो उर्वर जमिन भोलि रहन्छ की रहँदैन, भोलिको दिनमा सन्ततिको भविष्यलाई नबिगारी अहिले विकास गर्ने हो ।’ 

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताए । 

उनले बैंकहरू कर्जा दिन तयार भए पनि निक्षेपकर्ताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए । 

‘कर्जा दिन बैंक तयार छौँ तर, हाम्रो किसानले कर्जा लिएर ब्याज मात्रै हैन तिर्ने मात्रै हैन त्यसबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नुभएको छ,’ उनले भने, ‘नबिल बैंक किसान र कृषिमा लगानी गर्ने भनेर अगाडि बढेका छौँ । हामी प्रतिबद्धता जनाउँछौँ, तर जबसम्म लगानी गरेको पैसाको साँवा र पैसा फिर्ता आउँछ भनेर देखिँदैन लगानी गर्न समस्या हुन्छ ।’

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ०३ बजे

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ – शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण