आरआरआर : कस्तो छ पहिलो दिनको व्यापार ? « Khabarhub

आरआरआर : कस्तो छ पहिलो दिनको व्यापार ?


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अहिले चर्चामा छ फिल्म ‘आरआरआर’ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा कति कमायो ? यो जिज्ञासा दर्शकलाई मात्र छैन, फिल्मकर्मीलाई पनि छ ।

भारतमा अझ पनि सय करोडको आँकडा छुनु दुर्लभ उपलब्धि मानिन्छ । किनकी अघिल्लो हप्ता रिलिज भएको फिल्म ‘बच्चन पाण्डे’ ले ५० करोडमै आफ्नो चित्त बुझाउनु परेको छ ।

तर शुक्रबार रिलिज भएको ‘आरआरआर’ले पहिलो दिन नै २ सय २३ करोड कमाइ गरेको छ । ‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो ।

उनीहरूले सार्वजनिक गरेको डेटाअनुसार आन्द्र प्रदेशमा ७५ करोड , निजाममा २७ करोड ५० लाख , कर्नाटकमा १४ करोड ५० लाख , तमिलनाडु १० करोड , केरलामा ४ करोड , नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ ।

यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशहरूमा २५ करोडको व्यापार गरेको हो । पहिलो दिनमै फिल्मले गरेको यो कमाइ आफैमा रेकर्ड हो ।

पिरियड कथामा बनेको फिल्मले विश्वभर नै सानदार सुरुवात गर्दै पहिलो दिन नै फिल्म बक्स अफिसका धेरै रेकर्ड ब्रेक गरेको समाचार आइरहेका छन् ।

शनिबार यो फिल्मको कूल कमाइमा ४० प्रतिशतले उछाल आउने प्रक्षेपण गरिएको छ । नेपालममा पनि यो फिल्मले पहिलो दिन एक करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ ।

यसले नेपालमा शुक्रबार र शनिवार गरेर तीन करोड माथिको ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ ।

‘बाहुबली’को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो ।

बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे । यो स्वाभाविक पनि हो । बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भए कि भएनन् ? यो जिज्ञासा धेरैको देखिन्छ किनकि फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले । पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ ।

यद्यपि निर्देशक राजामौलीले दुई स्टारलाई एकसाथ पर्दामा ल्याए । जसका कारण फ्यान झनै उत्साहित बनेका छन्।

फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिस विरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ४१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र