पछिल्लो अपडेटः एक लाख ३६ हजार २६९को उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९ « Khabarhub

पछिल्लो अपडेटः एक लाख ३६ हजार २६९को उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

कुन पदमा कति उम्मेदवार ?

मेयरः ३ हजार २६१

अध्यक्षः ३ हजार २५४

उपमेयरः २ हजार ३

उपाध्यक्षः २ हजार २९२

वडाध्यक्षः ३२ हजार ५९

महिला सदस्यः २३ हजार ३ सय ७५

दलित महिला सदस्यः २१ हजार ११५

सदस्यः ४८ हजार ९१०

मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : २६ बजे

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज