स्थानीय निर्वाचनमा एक लाख ३७ हजार ४३ उम्मेदवार « Khabarhub

स्थानीय निर्वाचनमा एक लाख ३७ हजार ४३ उम्मेदवार


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ। मंगलबार बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेका छन्।

मनोनयन दर्ता प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदमा भएको हो।

आयोगले ती पदमा सर्वाधिक मधेस प्रदेशमा ३४ हजार ७४७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ।
त्यसपछि बाग्मती प्रदेशमा २३ हजार ९६ जना, प्रदेश १ मा २१ हजार ८७९ जना र लुम्बिनी प्रदेशमा २१ हजार ७५९ जनाले मनोनयन दर्ता गराएका छन्।

कर्णाली प्रदेशमा १२ हजार ३१८ जना, गण्डकी प्रदेशमा १२ हजार १४६ जना र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ।

६ महानगर, ११ उपमहानगरसहित ७५३ वटा स्थानीय तहमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ९ : ०७ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री