मध्यपश्चिमलाई कर्णाली विश्वविद्यालय बनाउने तयारीमा छौँ | Khabarhub Khabarhub

मध्यपश्चिमलाई कर्णाली विश्वविद्यालय बनाउने तयारीमा छौँ

‘दोस्रो दीक्षान्त समारोह ऐतिहासिक रह्यो, कर्णालीको नयाँ पाठ्यक्रम बनाउँदैछौँ’



काठमाडौँ : ५१९ जना विद्यार्थीलाई दीक्षित गर्दै मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह बैशाख ६ गते सम्पन्न भएको छ । विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको हो । दोस्रो दीक्षान्त समारोहमा विभिन्न संकायबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको छ । यस्तै, स्नातक तहका २० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गरिएको छ । वीरेन्द्रनगरमा विश्वविद्यालयको आफ्नै नयाँ, भव्य र आधुनिक भवनमा दोस्रो दीक्षान्त समारोह हुँदा कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय अब्बल बनिरहेको देखिन्छ । सफल नेतृत्वकर्ताको नेतृत्वमा मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहको विषयमा मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति डा.नन्दबहादुर सिंहसँग खबरहबकर्मी माधव तिमिल्सैनाले गरेको कुराकानीको सम्पादित अंश:

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह कस्तो भयो ?
यो एतिहासिक रह्यो । अत्यन्तै भव्यताका साथ सम्पन्न गर्न सफल भयौं । सहभागिताका हिसाबले पनि समग्रमा चारैतिरका मानिसहरुको सहभागिता देखियो । विद्यार्थीहरु ५ वर्षपछि पहिलोपटक दिक्षित हुँदा अत्यन्तै उत्साहित, यसले कर्णाली प्रदेश मात्र होइन, यसले देशभरि सकारात्मक सन्देश दिएको हामीले पायौं । कारण के भने यसमा सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्र्थी र विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा कार्यक्रम भयो । त्यसैले गर्दाखेरि यो एतिहासिक र सफल भयो भन्न्ने लाग्छ हामीलाई ।

दीक्षान्त समारोहमा यसपटक फरक के चाँही भयो ?
पहिलो दिक्षान्त समारोहमा म त थिएन । यो नयाँ तरिकाले हामीले आफ्नो तरिकाले तयारी ग¥यौं । आफ्नो तरिकाले सुरु गरेर अगाडि लगेर गयौं र सफल ग¥यौं । हामीलाई लाग्छ, यो सबै व्यवस्थित भएकाले यो अत्यन्तै राम्रो भयो । पहिलेको दिक्षान्तभन्दा यो दिक्षान्त अत्यन्तै राम्रो भयो भनेर यहाँका नागरिकले भन्दै आएका छन् ।

भवन लगायत भौतिक संरचना पनि बनाउनु भएको छ ? कसरी बनाउनु भयो ? कत्तिको समय लाग्यो ? यसले आगामी दिनमा विश्वविद्यालयलाई उचाईमा पुर्याउन कत्तिको सहयोग पुग्छ ?
अब आउँदाखेरि के थियो भने पहिले सुरु गरेका केहि भवनहरु थिए । त्यसमा १–२ वटा भवन त अलि पुरा थिए र अरु भवनहरुको काम १० देखि १५ प्रतिशत पनि काम भएको थिएन । ती सबै पुरा ग¥यौं । अहिले नयाँ ४ वटा भवनको लागि फेरि केहि महिना चुनावपछि तुरुन्त हामीले सिलान्यास गर्दैछौं । माथि ६ वटा भवनको माथिल्लो तला उठाएर करिब करिब आधारभुत हिसाबले विश्वविद्यालयको सर, म्याडमहरुलाई बस्न मिल्ने, विद्यार्थीलाई कक्षा लिन मिल्ने र कर्मचारीलाई काम गर्न सक्ने भयौं भने विश्वविद्यालय आफ्नो ठाउमा बस्छ र बाहिर भाडाबाट जोगिने भएकाले विश्वविद्यालयको आर्थिक अवस्थालाई सुधार गर्न पनि मैले यसलाई गतिका स्वरुपमा अगाडि लगेकोले अब मलाई लाग्छ, ५–६ वटा भवन एकदुई महिनामा हामी हेन्डोभर गर्छांै ।

अनि त्यसपछि बाकि रहेको ४ वटा भवनको पनि एकदुई महिनामा हामीले सिलान्यास गर्छौं । र, बाकि रहेका ६ वटा भवनको एक तला हालेका माथि उठाउने पनि त्यो करिबकरिब ५–६ महिना देखि ९ महिनाको बिचमा सक्छौं र त्यहि बिचमा मध्यपश्चिम विश्वविद्यालयको २० विघाको वरिपरि चारैतिर १० फिट बराबरी ९ देखि १० फिटको पर्खाल र अत्याधुनिक गेट राखेर करिबकरिब ९ महिनाभित्र यी आधारभुत कुरालाई पुरा गरेर नयाँ आउटपुट दिने योजना छ ।

दीक्षान्त समारोहमा नोबेल पुरस्कार बिजेता कैलाश सत्यार्थी पनि आउनुभयो ? उहाँलाई ल्याएर दिन खोजेको खास सन्देश चाँही के हो ?
२१ औं सताब्दिका विश्वविद्यालयहरु भनेका अनुसन्धान र नविन सोचका केन्द्र बन्नुपर्छ । विश्वविद्यालयहरु भनेका जसको आर्थिक र सामाजिक परिवर्तका आधार बन्नुपर्छ । विश्वविद्यालयहरु भनेका देशको आर्थिक समृद्धिको एउटा महत्वपुर्ण भाग बन्नुपर्छ र त्यसबाछ उत्पादित हुने विद्यार्थीहरुले त्यो दे्शको क्षेत्रिय, राष्ट्रिय अन्तराष्ट्रिय तहमा योग्य मान्छे उत्पादन गर्नुपर्छ । त्यो उत्पादन गर्नका लागि र त्यतातिर लिनका लागि अनुसन्धान र विकासको नमुनालाई लिएर गएनौं भने अब डिग्री लिएर विक्री हुन नसक्ने विद्यार्थी उत्पादन गर्नु देशको लागि बढुन् हुन्छ । यसो हो भो अब कसलाई ल्याउने त ? अब त्यो के गर्न खोजेको भनेको हामीलाई नोबेल पुरस्कार बिजेता लिएर । कसरि नोबेल पुरस्कार पाइन्छ त ?

नोबेल पुरस्कार त्यतिकै त दिदैन । ठुलो अनुसन्धान । ठुलो काम गरेरै दिन्छ । त्यसैले अहिले दक्षिण एसियामा हेर्दा कैलाश सत्यार्थीले नेपालको बालश्रम र सबैका लागि शिक्षा भन्न्ने दुइटा अभियान सुरु गर्नुभयो संसारभरि । त्यो भन्दा महत्वपुर्ण कुरा के भने उहाँले नेपाललाई दोस्रो घर बनाउनुभयो र नेपालका कैयों चेलीबेटीहरु जसलाई भारतमा लगिदा त्यहाँबाट मुक्त्त गराउनुभयो । त्यो मुक्त्त गर्ने कुरामा उहाँलाई गोली पनि हानियो । यस्तो मान्छे जसले यत्रो लडाइ लडेर हाम्रा बालबच्चाको भविष्य बनाएको छ भने उसलाई यो ठाउँमा बोलाएर बोल्न लगाइयो र नोबेल पुरस्कार किन पाइयो भन्ने कुरा हाम्रा भाइबहिनीहरुको, हाम्रा बालबच्चाहरुको अनि यो क्षेत्रका जनताहरुको नेपालको र अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सकारात्मक सन्देश दिन्छ ।

युवा र विद्यार्थीहरु त्यो बाटोमा लागेर आफुलाई पनि त्यसरी नै अगाडि बढेर जान सक्ने हुन्छ । उहाँले तीन वटा कुरा दिनुभयो । एउटा सपना देख्नुस् त्यो ठुलै सपना देख्नुस् । दोस्रो उहाँले के भन्नुभयो भने तपाई युवाहरुभित्रको आफुलाई आफैँले खोज्नुस । आफुले आफैलाई पत्ता लगाउनुस् । तपाई को हो भन्ने कुरा । तेस्रो उहाँले के भन्नुभयो भने अहिले नै काम गर । सक्रिय भएर काम गर । यसले तपाई सुन्ने मान्छेले पनि धेरै चासो लगेको र राम्रो सन्देश गएकोले यहि सन्देश दिन मैले उहाँलाई मैले बोलाएको हुँ ।

सुरुमा प्रधानमन्त्री नै दीक्षान्त समारोहमा जाने कुरा थियो काठमाडौँबाट ? अन्तिम समयमा आउनु भएन किन होला ?
यसको दुई वटा कारण छ । एउटा अहिले राष्ट्रिय राजनितिमा धेरै काम भएकोले प्रधानमन्त्रीलाई त्यहाँबाट समय मिलाएर आउन गा¥हो भयो । अर्को प्रधानमन्त्रीको यो जुन कार्यतालिका छ । यो कार्यतालिकाले गर्दाखेरि उहाले अब करिब २ हप्तापछि त म आउन सक्थें । प्रधानमन्त्रीलाई हामीले आग्रह गरिसकेपछि उहाले सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई निर्देशन दिएर पठाउनुभयो । त्यसकारणले प्रधानमन्त्री नआउने कुरा उहाँको व्यस्त कार्यतालिका हो । त्यसैले मलाई के लाग्छ भने अहिलेको परिस्थिति र उहाँको व्यस्त कार्यतालिकाले आउन अलि गाह्रो भएकाले उहाँले आफ्नो अधिकारलाई विद्यार्थीलाई दिक्षित गर्नका लागि सहकुलपति, जो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुनुहुन्छ । उहाँलाई निर्देशित पत्र दिएर शिक्षामन्त्रीलाई पठाउनुभएको हो ।

सुर्खेतमा पनि अब त्रिभुवन विश्वविद्यालय जस्तो विद्यार्थी दिक्षित हुन थालेका छन्, यहाँसम्म आइपुग्न तपाईले कसरी काम गर्नु भएको छ ?
मध्यपश्चिम विश्वविद्यालयलाई वास्तवमा मैले आउँदा धेरै कुरा प्रणालीमा राख्न खोजें । मैले विश्वविद्यालयको दिक्षान्त निरन्तर गर्नुपर्छ । यो पाच वर्षमा गर्ने विषय होइन । प्रत्येक वर्ष गर्नुपर्छ र यसबाट हाम्रो विद्यार्थीलाई बिक्री हुने मान्छे बजारमा लिनुपर्छ । त्यसको लागि मैले पाठ्यक्रम पनि परिवर्तन गर्दैछु । नेपालको कर्णाली प्रदेशमा पनि विक्री हुने अथवा नेपालको कुनै पनि भुभागमा र अन्तर्राष्ट्रिय क्षेत्रमा जाँदा विक्री हुने त्यस्तो नयाँ खालको पाठ्यक्रम बनाउदैछौं ।

यो अनुसार गर्दा प्रत्येक वर्ष दिक्षान्त समारोह गर्नुपर्छ । यी कुरा हामीले एकेडेमी क्यालेन्डरमा राखेरै प्रति वर्ष निरन्तर गरेर जाने योजना गरेकोले अब मलाई के लाग्छ भने मध्यपश्चिम विश्वविद्यालयले ट्रेनसेट गर्छ । कोभिडको बिचमा पनि धेरै विश्वविद्यालयले शैक्षिक क्यालेन्डर बनाउन सकेनन् । नेपालमा त्यो थिएन । मैले कोभिडको बिचमा पनि शैक्षिक क्यालेन्डर बनाए । लागु गराए । अहिले जो दोस्रो शैक्षिक क्यालेन्डर निकालियो । अब तेस्रो आउँछ । त्यसमा हामीले पहिलोपटक दिक्षान्त समारोह र तपाइले भनेजस्तै निरन्तर मिति हेर्ने भनेर घोषणा गर्छौ । त्यो हिसाबले जाने योजना गरेका छौं ।

विश्वविद्यालयलाई थप व्यवस्थित बनाउने तपाईका योजना के छन् ?
मेरो एउटा एकिकृत दृष्टिकोणको योजना छ । म २१ औं सताब्दिको विश्वविद्यालय बनाउनुपर्छ । अत्यन्तै चलायमान हुनुपर्छ । त्यो चलायमान हुनलाई त्यो ठाउँमा योग्य हुनुपर्छ । योग्य विद्यार्थी हुनुपर्छ । त्यसमा अझ प्रतिभाशाली भए भने अनि त्यसको प्रणालीमा अत्याधुनिकरण गर्नुपर्छ । अहिलेको नयाँ प्रविधि प्रयोग गरेर त्यसलाई जोड्नुपर्छ । त्यसैले मैले अनलाइन कक्षा लगेर डिजिटल विश्वविद्यालय बनाउने छु । त्यो अनलाइन कक्षामा संसारका कुनैपनि मान्छेले परिक्षा दिन सके । यो खालको र नयाँ कोर्ष बनाएर जाने योजना छ ।

त्यतिमात्र होइन ती विश्वविद्यालयको स्रोतलाई ध्यान दिएर जुन मध्यपश्चिम विश्वविद्यालयको एकिकृत दृष्टिकोण छ । त्यो २६३ करोडको हामीले पूर्ण रुपमा लागु गर्ने प्रयास गरिरहेका छौं । त्यो भित्र तयारी गरियो भने हामीले करिबकरिब १ वर्षमा २८ देखि ३५ करोड रुपैया कमाइ हुने र १००० जनालाई जागिर दिन सकिन्छ । यसैको दौरानमा अहिले भर्खरै कृषि तथा वनको स्कुल खोल्यौं । त्यो खोल्दा हामीसँग १ फिट जग्गा पनि थिएन । तर अहिले लेकबेसी र भेरिगंगा नगरपालिका मेयर र उपप्रमुख, त्यो क्षेत्रका पूर्व मन्त्रीहरु, अहिलेका सांसद सबैजना लागेर एकलौटी रुपमा हामीलाई कलेज चाहियो भनेपछि मैले त्यहि क्षेत्रमा ग्रिन बेल्ट बनाउने योजना गरेपछि जनताले १३२ बिघा जग्गा, ४ वटा होस्टेलका लागि ४ वटा भवन र २ वटा एकेडेमी इन्सिच्युटका लागि २ वटा भवन यसरि ६ वटा भवन पढाउने र बस्ने र अरु १३२ बिघा कृषिको लागि जग्गा दिनुभएको छ ।

यो जनताको अपनत्व हुनेगरि यसरी दिएको यो सायद पहिलो पटक होला । त्यसैले मलाई के लाग्छ भने त्यस्ता योजना हामी गर्दै जाने छौं । छोटोमा भन्दा २१ औं शताब्दिको शिक्षकको गुणस्तरलाई कायम राख्दै अनुसन्धान र विकासको नयाँ मोडल लिने र कर्णाली प्रदेशमा भएको ७०० प्रकारका जडिबुटि, यार्सागुम्बा, डाफे मुनाल र कस्तुरीको अध्ययन गर्ने, रैथाने बालीको अध्ययन गर्ने र उत्पादन बढाउने । यहिबाट अब हामी केहि समयपछि ७–८ वटा आफ्नो उद्योगी उत्पादन निकाल्दै छौं । हामी अब केहि समयपछि प्राङ्गारिक मलको उद्योगहरु खोल्दै छौं । धेरै योजना हामीसँग छन् । यो अनुसार हामीले विश्वविद्यालयलाई ब्रान्डिङ गर्दै अगाडि लिएर जाने हाम्रो योजना छ ।

कर्णालीमा भएको एक मात्रै विश्वविद्यालय नाम फेरेर कर्णाली विश्वविद्यालय पो लेख्ने कि ? केही तयारी छ र ? यसबारेमा तपाईहरुको ?

तपाईले राम्रो प्रश्न उठाउनुभयो किनभने तपाईले भनेको लाइनमै पहिलो मध्यपश्चिमा अञ्चल विश्वविद्यालय थियो । त्यसपछि सुदुरपश्चिमा अञ्चल विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय यी विकासक्षेत्रका नाममा दियो । अब अहिले मध्यपश्चिमा अञ्चललाई परिवर्तन गरेर मध्यपश्चिम भनेर राख्यो । त्यतिखेर हामीसँग परामर्श भएन र किन भएन भनेर मैले कमेन्ट पनि राखें । अब यो प्रदेश बनिसकेंपछि कर्णाली प्रदेशको कर्णाली विश्वविद्यालय हुने कुरा राम्रो छ । हामी यसको लागि हामीले तयारी गरिरहेका छौँ ।

यदि त्यस्तो भएन भने दोस्रो कान्जिरुवा विश्वविद्यालय । कर्णालीको सबभन्दा अग्लो ठाउँ भनेको कान्जिरुवा हो । त्यसको नाममा पनि राख्नुपर्छ भनेका छौं । यस्तो कुरा सबैले मानेभने हामी परिवर्तन गर्न सक्छौं । तर अहिले परिवर्तन गर्नुभन्दा पहिले धेरै कुरा छ । लाखौं लाख विद्यार्थीका पेपर प्रिन्टिङ भइसकेका छन् । त्यो नसकिएका दिनसम्म यो गरेर फेरि आर्थिक हिसाबले हानी गरेर तुरुन्त नाम परिवर्तन गर्नुभन्दा पहिले नाम लिने र नाममा सबैको सहमति भयो भने त्यसपछि हामीले तपाईले भनेजस्तै कर्णाली विश्वविद्यालय वा कान्जिरुवा विश्वविद्यालय । कसैकसैले रारा विश्वविद्यालय पनि भनेका छन् र धेरैको नाम कर्णाली विश्वविद्यालय वा कान्जिरुवा विश्वविद्यालय आयो भने तीमध्ये एउटा बनाउनुपर्छ भन्ने लाग्छ मलाई ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १० : ३१ बजे

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल