उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार पुग्यो « Khabarhub

स्थानीय तह निर्वाचन

उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार पुग्यो


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ ।  मंगलबार बिहान १०ः१५ बजेसम्म उक्त सङ्ख्याले उम्मेदवारी दिएको अपडेट आयोगले गराएको हो । 

आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको थियो । 

जिल्लाबाट मनोनयनको विवरण आउनेक्रम जारी रहेकोले अझै संख्या बढ्ने आयोगले जनाएको छ । 

आयोगका अनुसार हालसम्म प्रदेश १ मा २२ हजार १९४, मधेश प्रदेशमा ३६ हजार २७५, बागमती प्रदेशमा २३ हजार ६५४, गण्डकी प्रदेशमा १२ हजार ३१४, लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ ।

परेका उम्मेदवारमध्ये प्रमुख पदमा ३ हजार ३१८, अध्यक्ष पदमा ३ हजार ३०६, उपप्रमुख पदमा २ हजार ३६, उपाध्यक्ष पदमा २ हजार ३४३, वडा अध्यक्ष पदमा ३३ हजार १११, महिला सदस्य पदमा २४ हजार २८३, दलित महिला सदस्य पदमा २१ हजार ९७९ र सदस्य पदमा ५१ हजार ९२ रहेको छ ।

७५३ वटा स्थानीय तहमा निर्वाचित हुनुपर्ने पद संख्या ३५ हजार २२१ रहेकाे छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १० : ५८ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको