छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । 

धनुषा, भक्तपुर, अर्घाखाँची, दार्चुला र सर्लाहीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराती साढे २ बजे तीन जना सवार लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।  

मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकामा धनुषाकै जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी १९ वर्षीय सुमित टिण्डेवाल रहेका छन् । अन्य २ जना मृतकको सनाखत हुन अझै बाँकी रहेको छ । 

दुर्घटनामा  गम्भीर घाइते भएका ३ जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । 

ट्रक चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा बा.४ ख  ८५८१ नम्बरको टिपर र बा. प्र ०२–०२३ प ७७६९ नम्बरको स्कुटर ठोक्दिा स्कुटर चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेल ठकुरी गाउँ बस्ने काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन् । 


दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ छेँडास्थित सडकमा लु.११ प ८६३९ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ भद्रिखोला बस्ने ६९ वर्षीय बलराम पौडेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–२ स्थित सडकमा ना.५ ख १८०८ नम्बरको बसले किच्दा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने महेश कपाडीको छोरा ६ वर्षीय अमृत कपाडी रहेका छन् । उनको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । 

बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही बिषयलाई लिएर स्थानीय बासिन्दाले बसमा आगो लगाउँदा बस पूर्णरुपमा क्षति भएको छ । 

सर्लाहीको बसवरिया गाउँपालिका–४ गोनर्वा स्थित सडकमा बिआर ४३ ए १५४६ नम्बरको डिजे रथको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११ सिसौटिया घर भएकी ७ वर्षीया लक्ष्मीनिया पण्डित रहेकी छन् । उनको सोमबार साँझ मृत्यु भएको हो । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : २४ बजे

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर