अमेरिकी विदेशमन्त्रीको टिप्पणी– ‘युक्रेनमा रुस असफल भयो’ « Khabarhub

अमेरिकी विदेशमन्त्रीको टिप्पणी– ‘युक्रेनमा रुस असफल भयो’


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताएका छन् । युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्कनले सो धारणा राखेको बीबीसीले जनाएको छ ।

उनले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गरेका थिए । विदेशमन्त्रीसँगै अमेरिकी रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा पुगेका थिए ।

युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतबार युक्रेनको राजधानी किभ पुगेका हुन् । 

पछिल्लो समयमा रुसले आफ्नो आक्रमण पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । यसअघि रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो । रुसको आक्रमण सुरु भएपछि यो उच्चस्तरीय अमेरिकी भ्रमण हो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : ०९ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै