नेटो सदस्यताका लागि फिनल्याण्ड र स्विडेनले अर्को महिना आवेदन दिने « Khabarhub

नेटो सदस्यताका लागि फिनल्याण्ड र स्विडेनले अर्को महिना आवेदन दिने


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्विडेन र फिनल्याण्डले अर्को महिना नेटोमा सदस्यताका लागि आवेदन दिने भएका छन् । ती मुलुकका स्थानीय अखबारहरुले आगामी मे महिनामा नेटोमा सदस्यताका लागि आवेदन दिने खुलासा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

फिनल्याण्डको ‘इल्थालेह्टी’ र स्विडेनको ‘एक्सप्रेसेन’ अखबारले श्रोतलाई उद्धृत गर्दै दुबै मुलुकले अर्को महिना नेटो सदस्यताका लागि आवेदन दिने जनाएका हुन् ।

‘इल्थालेह्टी’ का अनुसार मे महिनाको मध्यमा दुबै मुलुकका नेताहरूले भेट गरी सार्वजनिक रुपमा नेटो सदस्यताका लागि आवेदन दिएको घोषणा गर्नेछन् ।

यसबारे फिनल्याण्डका विदेशमन्त्री पेक्का हाभिस्टोले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ ।

यस्तै, स्विडेनको ‘एफ्टोनब्लाडेट’ अखबारले स्विडेन सरकार निकट श्रोतलाई उद्धृत गर्दै बेलायत र अमेरिकाले मुलुकमा सैनिक उपस्थितिलाई बढाउने बाचा गरेको जनाएको छ ।

‘एक्सप्रेसेन’‘एफ्टोनब्लाडेट’ को समाचारबारे स्विडेनको विदेश मन्त्रालयले पनि टिप्पणी गर्न अस्वीकार गरेको जनाइएको छ ।

दुई साताअघि स्विडेनी समकक्षी माग्दालेना एण्डरसनसँगको भेटमा फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले केही साताको अवधिमा फिनल्याण्डले नेटोमा सदस्यता दिने नदिनेबारे निर्णय गर्ने अपेक्षा गरेको बताएकी थिइन् ।

नेटोका साझेदारहरुसँग सैनिक सहयोग र सहकार्यलाई बढाएपनि यी दुई मुलुकले यसअघि नेटोमा आबद्ध हुन आनाकानी गरिरहेका थिए ।

यद्यपि गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि भने दुबै मुलुकले नेटोको सदस्यताका लागि आवेदन दिन लागेका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ४६ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको