हेटौंडामा सत्ता गठबन्धनले खोल्यो सम्पर्क कार्यालय « Khabarhub

हेटौंडामा सत्ता गठबन्धनले खोल्यो सम्पर्क कार्यालय


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– स्थानीय तहको निर्वाचनका लागि हेटौंडामा सत्ता गठबन्धनको पहिलो सम्पर्क कार्यालय खुलेको छ ।

मंगलबार हेटौंडा–१ चाइनाक्वाटरमा कार्यालय उद्घाटन गरिएको हो ।

गठबन्धनबाट हेटौंडा उपमहानगरका मेयर र उपमेयर उम्मेदवार मीनाकुमारी लामा र राजेश बानीयाँले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद मुनु सिग्देलले गठबन्धनका उम्मेदवारलाई जितले मात्रै हेटौंडा उपमहानगरवासीको हित हुने बताइन् । उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न कांग्रेस, माओवादी, नेकपा एससहित गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्तालाई अनुरोध गरेकी थिइन् ।

‘जिल्लाको हरेक आन्दोलनमा सँगै भएपनि चुनावी मैदानमा फरक रहँदै आएका थियौं तर अहिले गठबन्धनमा रहेका छौं’, उनले भनिन्, ‘आन्दोलनबाट प्राप्त परिवर्तन र उपलब्धीलाई संरक्षण गर्दै मुलुक र गणतन्त्र जोगाउनका गठबन्धनले जित्नु आवश्यक छ ।’

यस्तै उपमेयरका उम्मेदवार बानियाँले शिक्षा, स्वास्थ, पूर्वाधार निर्माण र खेलकुदको क्षेत्रमा काम गर्ने बताए । वडा अध्यक्ष हुँदा वडाको विकासमा व्यक्तिगत एवम् संस्थागत रुपमा धेरै काम गरेको उदाहरण पेश गर्दै उनले अब नगरको विकासमा लागिपर्ने बताए ।

पूर्वाधार निर्माणमा आफूले हेटौंडा–५ मा गरेको काम जस्तै नगरभर गर्ने योजना रहेको उनले सुनाए । कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य जानकी गिरी, वडा अध्यक्षका उम्मेदवार सविन न्यौपाने, नेपाली कांग्रेस हेटौंडा १ नम्बर वडा सभापति हरिकृष्ण महर्जनलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १० : ११ बजे

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी

परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

काठमाडौं– बाह्रौँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली सङ्घले

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय