टेक्सास गोलीकाण्ड : गोली हान्नुअघि बन्दुकधारीले सामाजिक सञ्जालमा लेखेका थिए « Khabarhub

टेक्सास गोलीकाण्ड : गोली हान्नुअघि बन्दुकधारीले सामाजिक सञ्जालमा लेखेका थिए


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी हमला गरेका बन्दुकधारीले आक्रमणअघि सामाजिक सञ्जालमा त्यसबारे केही लेखेको खुलासा भएको छ ।

उनले आक्रमण गर्ने विषयमा फेसबुकमा लेखेको खुलासा भएको हो । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय ती सन्दिग्धले लेखेका विषय सीमित व्यक्तिले हेर्न सक्नेगरी पोस्ट गरिएको थियो ।

टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार १९ जना विद्यार्थी र दुईजना शिक्षकलाई अन्धाधुन्ध गोली हान्नुअघि उनले फेसबुकमा तीन वटा चेतावनी पोस्ट गरेका थिए।

सुरुमा आफ्नी हजुरआमालाई गोली प्रहार गरेर विद्यालयमा आक्रमण गर्ने उनले चेतावनी दिएका थिए । उनी आक्रमणका लागि विद्यालय पुग्नु १५ मिनेटअघि मात्रै त्यस्तो सन्देश पोस्ट गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ८ : ४० बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको