युद्ध अपराधविरुद्ध रुसी नागरिकको आक्रोश | Khabarhub Khabarhub

युद्ध अपराधविरुद्ध रुसी नागरिकको आक्रोश


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनोज घिमिरे
रुसले डोनाबासमाथि गरेको आक्रमणलाई राष्ट्रपति भ्लाडिमिर पुटिनले एउटा युद्धबाहेक थप अन्य केही भएको घोषणा गरेका छैनन्। तर, रुसमै यसलाई अपराध मान्नेको कमी छैन। त्यसो त रुसी सरकारले देशभित्र गरेका धेरै ज्यादतीले त्यहाँ मानवता विरोधी अपराधको झझल्को दिने गरेको छ।

गलत सूचना दिएको आरोपमा धेरैलाई सजाय दिन थालिएको छ। त्यहाँको सेनाको आलोचना गरे या देशले युक्रेनमाथि गरेको आक्रमणलाई गलत ठान्दै धारणा व्यक्त गरे मात्र पनि १५ वर्षसम्म जेल सजाय हुनसक्छ।

भ्लाडिमिर पुटिनको शासन सुरु भएयता रुसमा एक दर्जन भन्दा बढी सेन्सरसीप लागू भएका छन्। वाक स्वतन्त्रताको हनन भएको छ। सञ्चार माध्यमले पनि स्वतन्त्र हुने छुट गुमाएका छन्। शृङ्खलाबद्ध रूपमा रुसमा प्रजातान्त्रिक मूल्य र मान्यताको हनन् भइरहेको छ। युक्रेनमा हमला सुरु भएपछि त यो झन् दिनदिनै बढ्दो छ।

गलत सूचना दिएको आरोपमा धेरैलाई सजाय दिन थालिएको छ। त्यहाँको सेनाको आलोचना गरे या देशले युक्रेनमाथि गरेको आक्रमणलाई गलत ठान्दै धारणा व्यक्त गरे मात्र पनि १५ वर्षसम्म जेल सजाय हुनसक्छ।

यी सबै सेन्सरसीपका बाबजुद अभियन्ता भ्लाडिमिर कारा मुर्जाले जोखिम मोलेर सरकारको विरुद्धमा आफूलाई प्रस्तुत गरेका छन्। उनले गत मार्चमा भाषण नै गरेर पश्चिमा देशले पुटिनलाई नियन्त्रण गर्न कनै कदम चाल्नुपर्ने आवाज उठाएका थिए।

‘अहिले सिङ्गो संसारले नै रुसले युक्रेनमाथि के गरी रहेको छ भन्ने देखेको छ,’ कारजा मुर्जाले युद्धको दुई सातापछि उनले संसद्कै सामु यी सबै कुरा उठाएका हुन्, ‘प्रसूति गृह, अस्पताल र विद्यालयमा बम विस्फोट गराउने यो युद्ध अपराध नै हो। तर अहिले रुसमा त्यसरी बोल्नु पनि अपराध ठहरिन थालेको छ।’

यसरी आफ्नो अभिव्यक्ति दिएको एक महिनापछि रुसी प्रहरीले उनलाई गिरफ्तार गरेको थियो। गलत सूचना सम्बन्धी कानुनका कारण उनलाई गिरफ्तार गरिएको हो। उनी अहिले पनि हिरासतमा छन्। मार्च महिनामा नै यो कानुन पास भएको हो।

यता युक्रेनीले अहिलेसम्म ११ हजार भन्दा बढी युद्ध अपराधको घटना दर्ता गराएका छन्। कत्तिसम्म भने अदालतमै सेनाले नागरिकलाई गोली प्रहार भएको दृश्य सञ्चार माध्यमले रेकर्ड गरेका थिए। यो भिडियो बाहिरिएपछि पुटिन सरकार अझ धेरै बदनाम भएको हो।

अभिव्यक्ति दिएको एक महिनापछि रुसी प्रहरीले उनलाई गिरफ्तार गरेको थियो। गलत सूचना सम्बन्धी कानुनका कारण उनलाई गिरफ्तार गरिएको हो। उनी अहिले पनि हिरासतमा छन्। मार्च महिनामा नै यो कानुन पास भएको हो।

त्यसरी रुसी सेनाबाट बचेका धेरै जना अहिले त्यहाँको सरकारले गरेको मानवता विरोधी युद्ध अपराधको सबैभन्दा भरपर्दो प्रमाण भएका छन्।

रुसले युक्रेनमा आक्रमण गरेपछि धेरै जना सुरक्षित स्थानको खोजी गर्दै किभमा पुगेका थिए। उनीहरू सहर गएपछि रुसी ट्याङ्कले गाउँमा गएर आतङ्क मच्चाइरहेको थियो। अप्रिलमा ती गाउँबाट रुसी सेना त फर्कियो। तर, त्यहाँ निहत्था १३ जनाको शव भेटिएको थियो।

‘उनीहरूको हात पछाडि बाँधेर टाउको गोली प्रहार गरिएको थियो,’ एन्टोलीया किभुकेभिचले भने। उनले त्यहाँ ज्यान गुमाउने सबैको नाम समेत बताए।

रुसी सेनाले किभ जाने बाटोमासमेत आतङ्क मच्चाएको थियो। घरको क्षेत्रबाटै ती ट्याङ्क गएका थिए। धेरै पर्खाल भत्काइएका थिए। यस क्रममा बालबच्चा समेत त्रसित भएर भागेका थिए। बच्चाहरू डराएर भित्र कतै लुकिरहेका थिए।

सत्य नै सत्ताको सबैभन्दा मुख्य दुस्मन बनेको छ। भ्लाडिमिरकी श्रीमती एभगिना कारा मुर्जाले भनेकी छन्। सुरक्षाका लागि अमेरिकामा शरण लिइरहेकी उनले भनेकी छन्, ‘म के कुरामा विश्वस्त छु भने त्यहाँ सत्य बाहिर आउँदा सबै जनता विद्रोहमा उत्रने भएकाले सत्ताले यसलाई शान्त गर्न नै यो नयाँ नियम ल्याएको हो।’

रुसी सेनाले किभ जाने बाटोमासमेत आतङ्क मच्चाएको थियो। घरको क्षेत्रबाटै ती ट्याङ्क गएका थिए। धेरै पर्खाल भत्काइएका थिए। यस क्रममा बालबच्चा समेत त्रसित भएर भागेका थिए। बच्चाहरू डराएर भित्र कतै लुकिरहेका थिए।

उनी आफ्नो श्रीमानको ज्यान जोखिममा परेको बताउँदै विगतमा पनि दुई पटक बिख खुवाएर मार्ने योजना भएको जानकारी दिएकी छन्। दुवै प्रयासमा भ्लाडिमिर मुस्किलले बाँचेका थिए। त्यसका बाबजुद उनी रुसमा रहेर यी सबै गतिविधिको विरुद्धमा आवाज उठाउँदै आएका थिए।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि लीलीया पापरोभाले यसलाई बाध्यताको महसुस गरिन्। ‘म राम्रोसँग निदाउन पनि सकिरहेको थिइन किनकी मानिस मरिरहेका थिए,’ रुसले युक्रेनमाथि गरेको आक्रमणको समाचार सङ्कलन गर्न पुगेकी एक्ली रुसी सञ्चारकर्मी उनले भनेकी छिन्।

रुसले युक्रेनमा आक्रमण गरेपछि तीन जना निजी सञ्चार माध्यमका संवाददाताले यसको बारेमा आफ्ना कुरा उठाउन थाले। अहिले त्यहाँ रहेका सञ्चारकर्मीको पाखुरामा जेड लेखेका लुगा लगाउन अनिवार्य गरिएको छ। यसको मतलब रुसी सेनाको समर्थन हुन्छ। तर, ती सञ्चारकर्मी सत्य लुकाउने नसक्ने भन्दै आफ्नो कुरा अभिव्यक्त गर्न थालेका छन्।

यी नै मध्यकी यापारोभा प्रोपोगान्डाको यो पर्खाल जसरी पनि भत्काउनु पर्नेमा आफ्नो मत अभिव्यक्त गर्छिन्। ‘मेरो एउटै चाहना भनेको यो युद्ध तत्काल रोकिनु पर्छ। मेरो जस्तो सोच सायद धेरै रसियनको हो।’ डरका बीच उनले अग्र मोर्चामा रहेर युक्रेनमा आफ्नो चुनौतीपूर्ण कामलाई छाडेकी छैनन्।

युक्रेनमा बसेर त्यहाँको सर्वसाधारणको निहत्था हत्या गरेको सही समाचार सम्प्रेषण गरेकै कारण उनी पनि गलत अफवाहको कानुनको सिकार हुनेछिन्।

‘हामीले प्रोपोगान्डको युद्ध हारिसकेका छौ’, यापारोभाले स्वीकारेकी छिन्। उनले भेटेको धेरै जना सरकारी धारणाबाट अब पीडित छन्। उनी यी सबै कुरा मनन गर्न भिन्न खालको चेतनाको विकास हुनुपर्नेमा जोड दिन्छिन्। अहिले उनलाई के थाहा भइसकेको छ भने युक्रेनमा बसेर त्यहाँको सर्वसाधारणको निहत्था हत्या गरेको सही समाचार सम्प्रेषण गरेकै कारण उनी पनि गलत अफवाहको कानुनको सिकार हुनेछिन्।

‘केही कुरा मेरा लागि स्वीकार हुन सक्छन्। तर, आफ्नै आँखा अगाडिको सत्य ढाक्न मेरा लागि सम्भव छैन। मलाई थाहा छ यसै कारण म जेल जान पनि सक्छु’, उनले भनेकी छन्।

मिखायल नेकको परिस्थिति अझ फरक छ। रुसले युक्रेनमा आक्रमण गर्नसक्ने सम्भावना देखेर आउन सक्ने दमनकारी नीति भन्दा पहिले नै रुस छाडेका थिए। अहिले सत्य चाहनेले उनी खोजिने नाम भएका छन्। ‘स्पेसल अपरेसनको साटो युद्ध भन्ने शब्द प्रयोग गरेँ। यो सत्य बोल्दा कत्ति सजाय हुन्छ त्यो मलाई थाहा छैन’, उनले भने।

उनको युट्युब च्यानलमा जापोरिझीयाको न्युक्लीयर प्लान्टमा रुसी ट्याङ्कले गरेका आक्रमणको दृश्य देखाइएको थियो। राष्ट्र सङ्घ लगायत संसारका धेरै निकायले यसलाई चासो दिएका थिए। नेक आफ्नो जिम्मेवारी र काम बहन गर्दा मुद्दा लागे पनि खेप्न तयार भएको बताउँछन्। उनको नजरमा पनि रुसले अहिले युद्ध अपराध नै गरिरहेको छ।

रुसमा पुटिन विरोधी मानसिकता बढ्दो छ। संसारका अन्य धेरै देशमा बस्ने रुसी नागरिक पनि पुटिनको विरुद्धमा आवाज उठाउन थालेका छन्।

एलीनो पेट्रोनोभा भने अहिले अत्तालिएकी छिन्। उनी बस्ने अगाडिकै स्थानमा सेनाको गोलीले प्वाल परेको छ।
‘हेरौँ रुसी नागरिकले हामीलाई के गर्ने छन् ?’ यसो भनी रहँदा उनको रुसी शासक प्रति घृणा र रोष दुवै प्रस्ट देखिन्थ्यो।

उनीहरूको अहिले एउटै स्वर र एउटै मत छ, भ्लाडिमिर पुटिनले छिमेकीको विरुद्धमा मात्र युद्ध गरेका छैनन्। सत्यको विरुद्धमा पनि युद्ध गरिरहेका छन्। यी त भए रुसमा बढ्दो पुटिन विरोधी मानसिकता। संसारका अन्य धेरै देशमा बस्ने रुसी नागरिक पनि पुटिनको विरुद्धमा आवाज उठाउन थालेका छन्।

युरोपेली देश चेक गणतन्त्रमा थुप्रै रसियनको बसोबास छ। यी नै मध्येका ५ हजार जनाले त पुटिन बिनाको रुसको माग गर्दै गत मार्चमानै विद्रोह गरेका थिए। धेरै जनाले त रुसलाई सन् १९३८ कै अवस्थामा लगेको र विश्व युद्धकै समयको झझल्को दिलाएको आरोप लगाएका छन्।

रुसी सरकारका यी निर्मम मानवता विरोधी अपराधको लेखाजोखा कहिले हुने भन्ने अझै टुङ्गो छैन। स्रोतः बीबीसी, फ्रान्स२४डटकम

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ९ : ०६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका