वाइडबडी र सुनकाण्डको छानबिन गर्न सरकारलाई ओलीको चुनौती « Khabarhub

वाइडबडी र सुनकाण्डको छानबिन गर्न सरकारलाई ओलीको चुनौती


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी, ३३ किलो सुनकाण्ड छानबिन गर्न चुनौती दिएका हुन् ।

आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा पैसा राखेको आरोपको जवाफ दिँदै ओलीले भने, ‘मेरो र मेरो श्रीमतीको चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु ।’ आफूले रिजर्भ बैंकमा पैसा नराखेको बताएका ओलीले भने, ‘एक विद्वानले मैले रिजर्भ बैंकमा पैसा राखेको भन्नुभयो । रिजर्भ बैंकले पनि सुनोस्, त्यो पैसा उनै आरोप लगाउने विद्वानको नाममा गरिदिए हुन्छ ।’

आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउनेलाई आफ्नो चलअचल सम्पत्ति राज्यको नाममा गर्न ओलीले चुनौती दिए । ‘ममाथि औला ठड्याउनुभन्दा अगाडि कुनै मानुभाव निस्कनुस् न राज्यमा नाममा सम्पत्ति हस्तान्तरण गर्ने । केपी ओलीलाई मुखभरिको जवाफ दिन भने पनि सम्पत्ति राज्यको नाममा गरेको यही संसदबाट घोषणा गर्नुस् त । म सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूहरू मलाई घुमाइफिराइ छेड हान्नुहुन्छ । म भन्न चाहन्छु- गर्नुस् न तपाईहरु पनि राष्ट्रको नाममा, ट्रष्टको नाममा आफ्नो सम्पत्ति हस्तान्तरण । मेरो कतै पनि भएको चलअचल सम्पत्तिमा लोभ गर्नुपर्ने, अर्काेको नाममा राखेर बदनामी हुनुपर्ने कारण छैन । मैले सबै सम्पत्ति राज्यलाई दिएको छु ।’

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १ : १५ बजे

२० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव

तराईमा बढेको धार्मिक तनावप्रति नागरिक समाजको चिन्ता, सद्भाव कायम गर्न अपिल

काठमाडौँ – तराईका केही जिल्लामा हिन्दू-मुस्लिम समुदायबीच देखिएको द्वन्द्वप्रति चिन्ता

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध