काठमाडौँ– केजीएफ : च्याप्टर २’ रिलिज भएसँगै दर्शक माझ निर्देशक प्रशान्त नीलको क्रेज बढ्दो छ । केजीएफबाट नै आफ्नो फ्यान बनाउन सफल यश यसपटक पनि उस्तै देखिएका छन् ।
उनको फिल्मलाई दर्शकले इन्जोय गरे। यो फिल्ममा यश झैँ निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा भयो । सिक्वेल फिल्मले दर्शकको अपेक्षा पुरा गर्छ वा गर्दैन भन्ने डरकै बीच रिलिज भएको फिल्मलाई दर्शकले रुचाए । यसपछि प्रशान्तको निर्देशनमा रिलिज हुने नेक्स्ट फिल्म हो ‘सलार’ । यसमा प्रभास छन् । साउथ इन्डियन फिल्मका दुई स्टारसँग प्रशान्तले काम गरिरहेका छन् । ‘सलार’ छायांकनकै क्रममा रहेकाले निर्देशक प्रशान्तले यसलाई झनै भव्य बनाउने कोशिस गरिरहेका छन् ।
२ सय करोड बजेट लाग्ने अनुमान गरिएको फिल्ममा एक्सन दृश्यकै लागि ४० करोड थपिएको छ ।बलिउड लाइफले केजीएफ : च्याप्टर २ भन्दा बढी एक्सनमा भव्यता देखाउनु पर्ने भएकाले ४० करोड थपिएको बताएको छ । केजीएफ सिरिज पश्चात प्रशान्त र प्रभासको टिमअप भएकाले पनि ‘सलार’ प्रतीक्षित बनिरहेको छ । फिल्ममा देखाइएको प्रभासको लुक्सलाई दर्शकले रुचाएका छन् । यसका साथै केजीएफ पश्चात दर्शक पनि उत्साहित छन् । यो फिल्म आउँदो वर्ष रिलिज हुनेछ । ‘सलार’ पश्चात केजीएफको तेस्रो च्याप्टरको काम अगाडि बढ्न सक्ने अनुमान गरिएको छ ।
केजीएफ : च्याप्टर २’ मा देखिएको फरमानको क्यारेक्टर नै सलारमा प्रभास हुने अनुमान समेत फ्यानले लगाएका छन् । ‘सलार’ को सार्वजनिक प्रचारप्रसारमा प्रभासले लगाएको ताबिज र फरमानले लगाएको ताबिज उस्तै देखिनुलाई फिल्म आपसमा जोडिएको भनेर दर्शकले सामाजिक सञ्जालमा अनुमान गरिरहेका छन् ।
प्रतिक्रिया