पल शाहकै कानुन व्यवसायीको आग्रहमा मुद्दाको सुनुवाई फेरि स्थगित « Khabarhub

पल शाहकै कानुन व्यवसायीको आग्रहमा मुद्दाको सुनुवाई फेरि स्थगित


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता पूर्णविक्रम शाह ‘पल’ को उच्च अदालत पोखरामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

पल पक्षकै वकिलले आग्रह गरेपछि सुनुवाइ स्थगित गरेको उच्च अदालत पोखराले जनाएको छ । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा रहेको मुद्दा कानुन व्यवसायीको निवेदन पश्चात स्थगित गरिएको हो । 

गत साता पनि पलकै वकिलहरूको आग्रहमा सुनुवाइ स्थगित भएको थियो । आज हुने सुनुवाइमा पललाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्नेबारे निर्णय हुनसक्ने चर्चा भएता पनि सुनुवाइ हुन् सकेन । नाबालिग बलात्कार आरोपमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए । उक्त आदेशविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  २ : २५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी