अफगानिस्तानमा भएका चारवटा बम विस्फोटमा १६ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा भएका चारवटा बम विस्फोटमा १६ जनाको मृत्यु


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । यिमध्ये केही आक्रमणहरूको जिम्मा इस्लामिक लडकु समूहले लिएको अधिकारीहरूले जानकारी दिएका छन्  ।

तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले देशलाई नै हल्लाएको छ ।

उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसमा राखिएका तीनवटा बम विस्फोटमा परी १० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।  

यस सहरका विभिन्न जिल्लाहरु तीनवटा मिनिबसमा बम रहेका बाल्ख प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताए ।

बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० मध्ये  तीन जना महिला समेत रहेको जनाएका छन् । विस्फोटमा  परी अन्य १५ जना घाइते भएका जनाइएको छ ।  

विस्फोटको केही घण्टापछि इस्लामिक समूहले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी लिएका छन् । साथै राजधानी काबुलको एक मस्जिदभित्र बुधबार अबेर राति अर्को बम विस्फोट भएको छ ।

बिहीबार बिहानै काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

बुधवारको बम विस्फोटबाट कुनै विशेष समुदायलाई लक्षित गरिएको हो कि भनेर अझै स्पष्ट हुन नसकेको जनाइएको छ ।

अफगानिस्तानमा अप्रिल ३० मा समाप्त भएको रमजानको पवित्र महिनामा मुख्यतया साम्प्रदायिक आक्रमणहरूमा काबुल र अन्य सहरहरूमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको थियो । जसमध्ये केही आक्रमणको जिम्मा आइएस समूहले लिएको थियो ।

अप्रिल २९ मा काबुलको सुन्नी मस्जिदमा धार्मिक अनुष्ठान गरिरहेका अल्पसंख्यक सुफी समुदायका सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो ।

गत अप्रिल २१ मा मजार–ए–शरिफस्थित एउटा शिया मस्जिदमा भएको बमले कम्तीमा १२ जना श्रद्धालुको ज्यान  गएको थियो अन्य धेरै घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ३ : ०० बजे

नौबुँदे सन्देशपत्र जारी गर्दै सकियो अन्तर व्यवस्थापिका सम्मेलन

टीकापुर- कैलालीको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र

बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड

काठमाडौं– बाथरोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्यलाभ

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर-व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

टीकापुर– अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरआबद्धतालाई सूचना

जब इजरायली सेनाले सात महिने शिशुलाई गोली हानेर ज्यान लियो

हेब्रोन- कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर सात

रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता

सेन्ट पिटर्सबर्ग- रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय