भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण | Khabarhub Khabarhub

भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरवासीको घरमा धारामा खसेको छ ।

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्रहिमालय श्रेष्ठले बिहीबार संयुक्त रूपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरवासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो । 

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको स्मरण गरे । उनले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनताहरू निकै खुसी भएको बताए ।

केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख श्रेष्ठले भक्तपुरवासी जनतालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुरमा अब खानेपानीको समस्या सहज हुने बताए । मेलम्चीको पानी वितरणसगै भक्तपुरका स्थानीय निकै खुसी देखिएका थिए ।

विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवादसमेत दिएका थिए । पानी वितरणसँगै ठाउँठाउँमा पाइप फुटेर पानी चुहिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ३ : ४७ बजे

‘कल्ली’को छायांकन सुरू, १३ वर्षपछि फिल्ममा फर्किएका उत्तम भन्छन् – फरक भूमिकाको प्रस्ताव आयो

काठमाडौं – नायक उत्तम प्रधानको कमब्याक फिल्म ‘कल्ली’का छायाङ्कन सुरु

कर्णालीमा स्याउका विरुवा रोप्न पुगे महासचिव विप्लव

जुम्ला- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले जुम्लामा

प्रमुख प्रतिपक्षी माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा

शिक्षा ऐन पास गर्न सांसदलाई दबाबको खाँचो छ : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

फिदिम र फुङ्लिङमा एभरेष्ट बैंकको नयाँ शाखा

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा बिहीबार फिदिम