भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण « Khabarhub

भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरवासीको घरमा धारामा खसेको छ ।

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्रहिमालय श्रेष्ठले बिहीबार संयुक्त रूपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरवासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो । 

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको स्मरण गरे । उनले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनताहरू निकै खुसी भएको बताए ।

केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख श्रेष्ठले भक्तपुरवासी जनतालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुरमा अब खानेपानीको समस्या सहज हुने बताए । मेलम्चीको पानी वितरणसगै भक्तपुरका स्थानीय निकै खुसी देखिएका थिए ।

विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवादसमेत दिएका थिए । पानी वितरणसँगै ठाउँठाउँमा पाइप फुटेर पानी चुहिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ३ : ४७ बजे

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको

एसीसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण