राष्ट्रियसभा अन्तर्गतका समितिमा सदस्य मनोनयन     « Khabarhub

राष्ट्रियसभा अन्तर्गतका समितिमा सदस्य मनोनयन    


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहेका छन् ।

त्यस्तै, विधायन व्यवस्थापन समितिमा सांसदहरु नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर बोहरा रहेका छन् । बैठकले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसदहरु युवराज शर्मा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, गोमादेवी तिमल्सिना, मदनकुमारी शाह ९गरिमा०, नरबहादुर विष्ट र मोहम्मद खालिद रहेका छन् ।

त्यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरु दुर्गा गुरुङ, जगतबहादुर पार्की, जयन्तीदेवी राई र राजेन्द्रलक्ष्मी गैरे छन् । राष्ट्रियसभाबाट संसदीय सुनुवाइ समितिमा खिमलाल भट्टराईलाई र सोही नियमावलीको नियम २७ को उपनियम ९२० बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा अनिता देवकोटा, देवेन्द्र दाहाल र गोपीबहादुर सार्की ९अछामी० लाई पठाइएको छ ।

 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ४ : ३० बजे

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको

एसीसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण