राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पेट्रोलियम पदार्थको विकल्पका रुपमा विद्युतको प्रयोग बढाउन सरकारको ध्यान नीति तथा कार्यक्रम हुनुपर्ने सुझाव दिए । उनले नेपालमा पहिलादेखि सञ्चालनमा आएका उद्योग कलकारखाना पुनः सञ्चालन गर्नुपर्ने र कृषिजन्य उत्पादनमा वृद्धि गर्नुपर्ने सुझाव दिए ।

नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले सरकारको नीति तथा कार्यक्रममा रैथाने, परम्परागत पेसालाई आधुनिकीकरण गर्दै व्यवस्थित गर्न विदेशबाट ल्याउने कच्चापदार्थमा कर छुट दिनुपर्ने सुझाव दिए । उनले नेपालका परम्परागत सीप, पेसा, कला र संस्कृतिको संरक्षणका लागि सरकारको कार्यक्रम हुनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले राज्यको पूर्ण संरचनाले पनि खर्च बढाएको हुनाले प्रदेशको संरचना हटाएर विकास बजेटमा खर्च गर्न सुझाव दिए । माओवादीका मायाप्रसाद शर्माले नीति तथा कार्यक्रममा पर्यटन र कृषिमा सरकारले अलि बढी ध्यान दिने कुरा राम्रो भएको र शान्ति प्रक्रियाका काम छिटो पूरा गर्नुपर्ने सुझाव दिए ।

एकीकृत समाजवादीका गोमादेवी तिमिल्सिनाले हेटौँडा उद्योग, बाँसबारी छालाजुत्ता, जनकपुर चुरोट कारखाना आदि पुनः सञ्चालन गर्न सरकारको नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने सुझाव दिए । यस्तै सांसद खिमलाल देवकोटाले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले ध्यान दिनुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुनुका साथै एउटा मात्र धावनमार्ग भएकाले ठूलो अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा बनाउनुपर्ने सुझाव दिए । नेकपा (एमाले) का सांसद तुलसाकुमरी दाहालले जनताको  भावनाविपरीत सरकारको नीति र कार्यक्रम आएको आफूलाई महसुस भएको र वर्षाको समयमा मानव जीवन अस्तव्यस्त हुने विषयलाई सरकारले ध्यान नदिएको बताइन् । एकीकृत समाजवादीका नन्दा चापागाइँले सुकुम्बासी समस्याको समाधान गर्नुपर्ने र प्रत्येक वर्ष कृषकलाई मलको अभाव हुने हुँदा नेपालमै मल कारखाना खोज्नुपर्ने सुझाव दिइन् । 

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले वर्तमान सरकार संविधानको रक्षा, चैतभरिमा कोभिडविरुद्धको खोप लगाउने र निर्वाचन सम्पन्न गर्न आएको उल्लेख गर्दे त्यो काम पूरा गर्ने चरणमा भएको बताए । उनले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, विभेदरहित समाज, सामाजिक न्याय र हिंसारहित समाज निर्माण गर्ने खालको भएको धारणा राखे ।

माओवादीका सांसद राधेश्याम पासवानले स्वास्थ्य, शिक्षा, कृषिमा बढी जोड दिएको राम्रो नीति भएको र नागरिकताबाट वञ्चितलाई नागरिकता प्रदान गर्ने खालको राज्यको कार्यक्रम भएको बताए । माओवादीकै गोपीबहादुर सार्की (अछामी)ले सरकारको नीति तथा कार्यक्रम आत्मनिर्भरमुखी भएको तथा पूर्वाधार विकास, रोजगारी र स्वास्थ्य शिक्षालाई ध्यान दिएको बताए ।

एमालेका अर्का सांसद इन्दु कडरियाले सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म खाजाको व्यवस्था गर्ने भनिएको तर गुणस्तरीय शिक्षालाई ध्यान दिएको नदेखिएको धारणा राखे । कांग्रेसका सांसद अनिता देवकोटाले नीति तथा कार्यक्रम राम्रो भएको र श्रमको सम्मान गर्ने खालको बजेट भएको तथा  शिक्षा र स्वास्थ्यका विषय सर्वसुलभ उपलब्ध गराउने खालको हुनुपर्ने सुझाव दिए ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते शुक्रबार ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ५ : ३१ बजे

तीन ठूला दलबीच स्ववियु निर्वाचन एक्ला-एक्लै लड्ने सहमति

काठमाडौं- आगामी चैतमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका

उर्जामन्त्रीको विरोध गर्नेलाई जिम्मेबारीबाट हटाउन कुलमानलाई निर्देशन

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको विरोध गर्ने

काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रूपमा

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ खुल्यो 

काठमाडौं– नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज आइतबारबाट साधारण

स्याङ्जाका किसानले बिक्री गरे ६० लाखको सुन्तला

वालिङ– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष