नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा शपथग्रहण बहिष्कार « Khabarhub

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा शपथग्रहण बहिष्कार


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर प्रमुख किशोरीप्रसाद साहले गराएको शपथग्रहण बहिष्कार गरेका छन् । 

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरूले लोकतान्त्रिक समाजवादी पार्टीबाट नगर प्रमुखमा निर्वाचित भएका साहले गराएको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका हुन् । सिम्रौनगढ नगरपालिकाको सभा हलमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको प्रमाणपत्र  वितरण तथा शपथग्रहण  कार्यक्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख  साहबाट शपथ नलिने अडान लिएका थिए । 

प्रमुख निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले वडा अध्यक्ष र सदस्यहरूले नगरप्रमुखबाट नै शपथ ग्रहण गर्ने कानुनी व्यवस्था रहेको जानकारी  गराउँदा पनि उनीहरूले शपथ लिन इन्कार गरेका थिए । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि नगर प्रमुख साहले अन्य दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई मात्रै राखेर शपथ गराएका थियो । शपथ ग्रहण नगर्ने जनप्रतिनिधिहरूले पदभार पनि ग्रहण गर्न नसक्ने भन्दै नगर प्रमुख साहले निर्वाचन अधिकृत गुप्तालाई लिखित जानकारी गराएका थिए ।  

शपथग्रहणपछि नगर प्रमुख साहले पदभार पनि ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख साहले किसानलाई वितरण गरिएको कृषि मिटरको रकम  नगरपालिकाले चुक्ता गर्ने र नगरभित्रका ३२ वटा सामुदायिक  विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यमको पठनपाठन सञ्चालन गर्न निर्णय गरेका छन् ।  ११ वटा वडा रहेको सिम्रौनगढमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा ८, लोसपाबाट ३ र नेकपा एकीकृत समाजवादीबाट १ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् । नगरपालिकाको उपमेयरमा पनि लोसपा विजयी भएको छ । 

यसैबीच हिजो शपथग्रहण बहिष्कार गरेका कांग्रेसका वडा अध्यक्षहरूले नगरपालिका कार्यालयमा पुनः शपथग्रहणको माग गर्दै आज धर्ना दिइरहेका छन् । 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : १३ बजे

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको